द्वन्द्वले विस्थापित बैंक पुन सञ्चालनमा
    3 months ago     126
द्वन्द्वले विस्थापित बैंक पुन सञ्चालनमा

सशस्त्र द्वन्द्वमा विस्थापित बनेको फलेवास नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनसञ्चालनमा आएको छ ।
तत्कालीन १० वर्षे माओवादी जनयुद्धमा विस्थापित बनेको बैंक झन्डै १७ वर्षपछि सञ्चालनमा आएको हो ।
उक्त बैंक फलेवास नगरपालिका वडा नं. ५ मा रहेको छ । २०४२ सालमा स्थापित बैंक २०५७ सालदेखि बन्द रहेको थियो ।
साविकका दर्जन गाविसबासीलाई सेवा दिदै आएको बैंक तत्कालिन बिद्रोहीको असुरक्षाले कुश्मा सर्दा त्यसक्षेत्रका बासिन्दा बैंकिङ कारोबारका लागि कुश्मा धाउनुपर्ने अवस्था थियो । 
बैंक गाउँमै पुनस्थापित भएपछि फलेबासक्षेत्रका बासिन्दा खुशी भएका छन् । खानीगाउँका हिरामणी सापकोटाले बिस्थापित भएको बैंक पुनः गाउँमा फर्किदा खुशी लागेको बताए । ‘फलेबास नगरपालिकामा राष्ट्रिय बाणिज्य बैंकको शाखा पुनः पाउदा निकै हर्षित छौ’ उनले भने । फलेबासमा बाणिज्य बैंक पुर्नस्थापना भएपछि अव नगरपालिका र त्यसमातहतका वडा कार्यालयको कारोबार पनि बाणिज्य बैंकमै हुने भएको छ । 
यसअघि फलेबास नगरपालिकाको सरकारी कारोबार नेपाल बैंक लिमिटेड कुश्मामा हुँदै आएको थियो ।

na