बैकले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि.......
    4 months ago     111
बैकले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि.......

साजन परियार, पर्वत । पर्वतको एक प्रतिष्ठीत बैकले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । कुश्मा बजारमा सञ्चालित गण्डकी विकास बैकले कुश्मा नगरपालिका ३ दुर्लुङमा पुगेर भत्ता वितरण गरेको हो ।

बैकले दोस्रो चौमासिकको भत्ता गाउँका ३ सय ७६ जनालाई वितरण गरेको गण्डकी विकास बैकका प्रमुख केशव आचार्यले जानकारी दिनुभयो । गाउँमै पुगेर भत्ता गर्दा स्थानिय बृद्धबृद्धाहरुले खुशी व्यक्त गरेका छन् । वडा कार्यालयको समन्वयमा बैँकले घरदैलोमा पुगेर सेवा दिएको आचार्यले बताउनुभयो ।

सदरमुकाम बाट नजिकै रहेको नगरपालिकामा समेटिएको भएपनि दुर्लुङ सदरमुकाम बाट टाढा छ । नागरिकहरु सदरमुकाममा आउन र जान एक दिन पुरै बिताउनुपर्छ । बैँकले गाउँमै गएर भत्ता बितरण गरेकोमा नागरिकहरुलाई सहज भएको वडाध्यक्ष तेजप्रसाद पाध्याले बताउनुभयो ।

दुर्लुङमा दोस्रो चौमासिकको २० लाख रकम सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । वडामा रहेका ८० बर्ष पुगेका बृद्धाबृद्धा ८० जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । वैकका कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।