वाणिज्य वैँक १७ वर्ष पछि पुर्नस्थापित
    4 months ago     134
वाणिज्य वैँक १७ वर्ष पछि पुर्नस्थापित



माघ १० पर्वत- द्धन्दकालमा असुरक्षाका कारण विस्थापित भएको राष्ट्रिय वाणिज्य वैँकको शाखा १७ वर्षपछि पुर्नस्थापित भएको छ । पर्वतको महाशिला गाँउपालिका वडा नं. ५ लुंखुदेउरालीमा पुनःसञ्चालनमा आएको हो । 

मंगलवार शाखाले औपचारिक कारोवार शुरु गरेको छ । २०३८ सालमा शाखा संचालन भएको बैंक १९ वर्ष  सेवा दिएर तत्कालीन माओबादीले चलाएको १० वर्षे द्वन्द्वकालमा असुरक्षाका कारण भन्दै २०५७ सालमा विस्थापित भएको थियो । देशभर राष्ट्रिय वाणिज्य बैंकका १ सय शाखाहरु द्वन्द्वकालमा विस्थापित भई सदरमुकाम सरेका थिए । नेपाल सरकारले स्थानीय तहको बजेट राख्नका लागि बाणिज्य बैंकमै खाता खोल्नुपर्ने व्यवस्था गरेअनुसारनै द्धन्द्धकालमा बिस्थापीत राष्ट्रिय बाणीज्य बंैकको शाखा पुनः सञ्चालनमा ल्याईएको हो । 

पर्वतका प्रदेशसभा साँसद विकास लम्सालले शाखाको मंगलवार उद्घाटन गर्नुभयो । लम्सालले  चेक साटेर बैँकीङ कारोबार शुरु गर्नुभएको थियो । उहाँले अब छिट्टै स्थानीय तहमा पुर्वाधार विस्तार गरी सबै तहमा सरकारी कारोबार गर्न स्वीकृत प्राप्त बैंकहरु सञ्चालनमा ल्याउन पहल गर्ने जनाउनुभएको छ । 

यस शाखा बाट बैँकका अन्य शाखाहरुमा जस्तै सर्वसाधारणले सबै प्रकारका निक्षेप तथा कर्जा करोबार सुविधा, विप्रेषण सेवा, वचत लगायतका सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने जनाइएको छ । रष्ट्रिय बाणीज्य बंैकले १७३ वटा स्थानमा बैंकको शाखा खोलीसकेको छ । तर पर्वतमा भने राष्ट्रिय बाणीज्य बंैकको शाखा कुश्मा नगरपालिका बाहेक अन्य स्थानीय तहमा खुल्न सकेको छैन । 

वैँकले गाउँपालीकाको आर्थिक कारोवारमा सहजता ल्याएको गाउँपालिका अध्यक्ष राजु पौडेलले वताउनुभयो । वैँक नहुँदा सदरमुकाम धाउनुपर्ने वाध्यता हटेको उहाँले वताउनुभयो । वडा न. ५ का वडाध्यक्ष जीवन उचै ठकुरीले महाशिलाको समृद्धिको आधारका रुपमा वैँक स्थापनालाई लिएको वताउनुभयो । ६ वटा वडा रहेको महाशिला गाउँपालीकावासीहरु पनि वैँक सञ्चालन पछि खुशी भएका छन् ।