लायन्स क्लवको सहयोग विद्यालयलाई
admin     2 weeks ago     12
लायन्स क्लवको सहयोग विद्यालयलाई

पुष १९ पर्वत -


लायन्स क्लव अफ पर्वत कुश्मा सिटीले पर्वतका दुई विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । क्लवले पर्वतको फलेवास नगरपालिका –३ शंकरपोखरी मैदानमा रहेको बालज्योती प्राथमिक विद्यालय र कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा रहेको त्रिभुवन आधारभुत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । 

लायन्स क्लव अफ कुश्मा सिटीले बालज्याती  प्राथमिक विद्यालयलाई ह्वाईट बोर्ड, लगायत शैक्षिक सामग्री वितरण गरेको छ भने, त्रिभुवन आधारभुत विद्यालयलाई कम्पुटर वितरण गरेको लायन्स क्लव अफ पर्वत कुश्मा सिटिका अध्यक्ष रिता भण्डारीले जानकारी दिनुभयो । वि.स २०४७ सालमा स्थापना भएको बालज्योती  आधारभुत विद्यालयमा अधिकाँस दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । अभिभावकहरुको जिम्मेवारी, शिक्षकहरुको मेहेनत र विद्यार्थीहरुको अनुशासनले उक्त विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालय मानिन्छ । 

उक्त विद्यालयमा हाल ८२ जना विद्यार्थी अध्ययनरत छन् । त्यस्तै त्रिभुवन आधारभुत विद्यालयमा वि.स २०२२ सालमा स्थापना भएको हो । ८५ जना विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालयमा कक्षा कोठाको अभाव र शिक्षक दरवन्दी नहुँदा बर्षेनी व्यवस्थापकिय समस्या बढ्दैै गएको छ । दुई विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण  गदै कार्यक्रमका  प्रमुख अतिथी तथा लायन्स क्लव अफ पर्वत कुश्मा सिटीका संस्थापक अध्यक्ष सरस्वती भण्डारीले लायन्स क्लव कुश्मा सिटिले स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गदै आएको जानकारी दिनुभयो । उहाँले सामुदायिक विद्यालयहरु आर्थिक श्रोत साधनले कमजोर बन्दै गएको बताउँदै  राज्यले यस्ता विद्यालय तर्फ ध्यान दिनुपर्ने बताउनु भयो । 

उहाँले आफु पूर्व शिक्षक भएका कारण पनि विद्यालयका समस्या बुझेको बताउँदै भण्डारीले सामुदायिक विद्यालयका आर्थिक भौतिक र शैक्षिक विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । श्ांकरपोखरीमा भएको कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटा, लायन्स क्लव अफ पर्वत कुश्मा सिटीका अध्यक्ष रिता भण्डारी, सचिव सिता कुमारी पौडेल, समाजसेवी हिमलाल सुनार र विद्यालय व्यवस्थापन समितिका सदस्य कुलवहादुर वि.कले गर्नुभएको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णावहादुर वि.कको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक हरिप्रसाद तिवारी र कार्यक्रमको सञ्चालन शिक्षक राजकुमार वि.कले गर्नुभएको थियो । त्यस्तै ठुलीपोखरीमा भएको कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटा, लायन्स क्लव अफ पर्वत कुश्मा सिटीका,सचिव सिता कुमारी पौडेल लगायतले बोल्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीकुमारी सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक दिनेश सुवेदी र कार्यक्रमको सञ्चालन शिक्षक अशोक केसीले गर्नुभएको थियो ।