फर्निचर व्यवसायीको मागमा सकारात्मक छु ः जोशी
admin     5 months ago     101
फर्निचर व्यवसायीको मागमा सकारात्मक छु ः जोशी


पुष १५ पर्वत -

फर्निचर तथा फर्नीसिङ ब्यवसायी सघं पर्वतको पाँचौ बार्षिक सभा शनिवार कुश्मामा सम्पन्न भएको छ । वार्षिक सभामा फर्निचर व्यवसायीका पछिल्ला समस्याका बारेमा छलफल र अन्तरक्रिया गरिएको छ । 

कार्यक्रममा वोल्दै व्यवसायीहरुले वन ऐनका कारण सहज रुपमा काठको उपलब्धता नभएको विना दर्ताका फर्निचरले पारेको समस्या, जिल्लाको पुनसंरचना पछि व्यवसायीहरुको अपेक्षा लगायतका विषयमा छलफल भएको छ । उक्त कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले “नगरको समिद्धिका लागी सवै फर्निचर तथा फर्नीसिङ ब्यवसायीहरु लागि पर्न आग्रह गर्नुभएको थियो । नगरको विकास भएमा फर्निचर तथा फर्नीसिङ ब्यवसायले गति लिन सक्ने जोशीले वताउनुभयो । 

उहाँले दर्ता नगरि सञ्चालन भएका अवैध फर्निचरलाई दर्तँ प्रक्रियामा आउन आग्रह गर्नुभएको छ । कार्यक्रममा पर्वत उद्योग बाणीज्य संघका अध्यक्ष हरि ओम शर्मा लामिछानेले “पर्वत उद्योग बाणीज्य संघ सधै फर्निचर तथा फर्नीसिङ ब्यवसायी सघं पर्वत संग सहकार्य गर्दै गएको र आगामी दिनमा पनि व्यवसायीको हितमा रहने बताउनुभयो । 

कार्यक्रममा गुप्तेश्वर बहुमुखी क्याम्पसका प्रमुख सुवास पन्त,पर्वत उद्योग बाणीज्य संघका उपाध्यक्ष गोपी अधिकारी लगायतले बोल्नुभएको थियो फर्निचर तथा फर्नीसिङ ब्यवसायी सघं पर्वतका अध्यक्ष मथुरा कुमार जोशीले सहज रुपमा काठको व्यवस्था गरिदिन, दर्ता विना नै सञ्चालनमा रहेका उद्योगलाई कडा कानुन वनाएर दर्तामा ल्याउन स्थानीय निकायले दवाव दिनुपर्ने वताउनुभयो । सभाको संचालन सचिव भिम वहादुर नेपालीले गर्नुभएको थियो ।


सम्बन्धित समाचार (जिल्ला )