काँग्रेसमय बन्यो बिहादी
adminBharat     6 months ago     39
काँग्रेसमय बन्यो बिहादी

जिल्लामा चुनावी चहलपहल तिब्र छ । दलका उम्मेदवारहरु माइकिङ, पर्चा, पम्प्लेट लिएर घरदैलो तथा चुनावीसभालाई ब्यापक बनाएका छन् । यसैक्रममा पर्वतको बिहादी गाउँपालिकामा समेत चुनावीप्रचार अभियान निकै द्रुतस्तरमा अघि बढिरहेको छ । अन्य दल भन्दा कांग्रेसले प्रचारप्रसारलाई तिब्र बनाएको छ । बिहादीका स्थानीय पत्रकार बिषन क्षेत्रीकाअनुसार केही दिनयताको प्रचार–प्रसार र माहौलले बिहादी गाउँपालिका नेपाली काँग्रेसमय भएको छ । नेपाली काँग्रेसले चर्चित युवा नेता परबिन गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएपछि स्थानीयबासी विकास निर्माणको काममा बढि आशाबादी हुँदै काँग्रेसको माहौलमा साथ दिएका छन् ।