नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कुश्मामा शुरु
    1 month ago     460
नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कुश्मामा शुरु

बैशाख ७, पर्वत । नबौ राष्ट्रपति रनिङ शिल प्रतियोगिता सदरमुकाम कुश्माको वडागाउँ खेल मैदानमा शुरु भएको छ । स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद  सबैका लागि खेलकुद भन्ने नाराका साथ राष्ट्रपति रनिङ शिल प्रत्योगिताका शुरु भएको हो । 

प्रत्योगिताको राष्ट्रयि सभाका अध्यक्ष गणेश तिमिल्सीनाले पानसमा दिप प्रज्वलन गरी उद्धघाटन गर्नुभएको छ । उहाले खेलकुदको माध्यमबाटनै राष्ट्रिय एकता हुने र अन्तराष्ट्रियस्तरमा समेत नेपालको चिनारी बढाउने भन्दै खेलकुद क्षेत्रमा राज्यले लगानी गरेको बताउनुभयो । खेलकुदको माध्यमबाटनै स्वास्थ्य हुनुको साथै राष्ट्रिय चिनारी गराउनको लागि समेत खेल र खेलाडीको ठूलो भूमिका निर्वाह गरेको र विद्यालय स्तीरय राष्ट्रपति रनिङ शिलबाट बालबालिकामा भएको क्षमताको प्रस्फुटन समेत हुने उहाले बताउनुभयो ।


जिल्ला खेलकुद विकास समीतीका अध्यक्ष प्रेम गुरुङले राष्ट्रपति रनिङ शिलमा खेलमा सहभागिता जनाउने विद्यालयहरुलाई खेल पुर्वाधार विकासका लागि अनुदान आएको रकम आफुले विद्यार्थीको सहभागिताका आधारमा बजेट वितरण गरीसकेको र पुर्वाधार निर्माण भईसकेको बताउनुभयो । उहाले गत बर्ष पनि जिल्लामा खेलकुद क्षेत्रको विकासको लागि पाँच वटा खेलकुद मैदानको व्यवस्थापन गराउनको लागि प्रपोजल तयारी पारि मन्त्रालयमा पु¥याएको र त्यहि अनुरुप केहि बजेट आएको र थप खेलकुद बिकासको लागि पहल भईरहेको बताउनुभयो ।

  जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको नबौ राष्ट्रपति रनिङ शिल प्रतियोगितामा १७ इभेन्टका खेलहरु हुने आयोजकले जनाएको छ । जसमा एथलेटिक्स भलिवल, कवड्डी , ज्यावलिङ थ्रो सटफुट ,हाईजम्प ,लङजम्प, लगायत दर्जन खेलको प्रत्योगिता गराईने जिल्ला खेलकुद विकास समीती पर्वतले जनाएको छ । खेलका लागि कुल २० विद्यालयले सहभागीता जनाएका छन् ।

खेलमा प्रथम स्थान हासिल गर्ने विद्यालयले ३० हजार नगद सहित रनिङा शिल्ड मेडल,र प्रमाणपत्र, द्धितियले २० हजार नगद, मेडल र प्रंमाण पत्र र तृतीयले १० हजार नगद सहित मेडल र प्रमाणपत्र पाउने छ । सहभागि विद्यार्थीहरुको मार्च पास गराएर शुरु गरीएको रनिङ शिल प्रत्योगितामा  नमुना आवाशिय माविले मार्चपासको प्रथम स्थान हासिल गरेको थियो ।  

सम्बन्धित समाचार (जिल्ला )