Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1852




कुश्मालाई घिरिङ गाउँपालिकाले जित्यो
कुश्मालाई घिरिङ गाउँपालिकाले जित्यो


रोशन तिवारी फागुन १५ पर्वत । पर्वतको कुश्मामा भएको गाउँ र नगर स्तरिय भलिवल प्रतियोगितामा तनहुँको घिरिङ गाउँपालिका बिजेता भएको छ । फाईनलमा कुश्मानगरपालिकालाई पराजित गर्दै घिरिङ गाउँपालिकाले जित हासिल गरेको हो । 

फाईनल भिडन्तमा पहिलो सेट कुश्मानगरपालिकाले जितेपनि वाँकि ३ वटा सिट लगातार घिरिङ गाउँपालिकाले आफ्नो पोल्टामा पारेको थियो । पर्वत, बागलुङ, कास्कि, स्याङजा र तनहुँका गरि १४ टोलीले प्रतियोगितामा भाग लिएका थिए । 

मंगलबार नै भएको सेमीफाईनलमा पर्वतको बिहादी गाउँपालिकालाई पराजित गर्दै तनहुँको घिरिङ गाउँपालिका फाईनलमा प्रबेश गरेको थियो भने महाशिला गाउँपालिकालाई पराजित गर्दै कुश्मानगरपालिका फाईनलमा प्रबेश गरेको थियो । 

२६ औँ मगर दिवशको अवसरमा पुन यूवा क्लव पर्वतले कुश्मामा आयोजना गरेको भलिबल प्रतियोगितामा बिजेता बन्दै घिरिङ गाउँपालिकाको टोलीले नगर १ लाख १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार हात पारेको छ । उपबिजेता बन्दै कुश्मानगरपालिकाको टोलीले ७० हजार ७ सय ७७ रुपैयाँमा चित्त बुझायो । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीले बिजेता टोलीलाई पुरस्कार बितरण गरे । 


सम्बन्धित समाचार (जिल्ला )