Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 years ago

904




दिदिबहिनी महिला भलिवलको उपाधी एपीएफलाई
दिदिबहिनी महिला भलिवलको उपाधी एपीएफलाई


फागुन २४ पर्वत । साबित्री कन्चनजंगा दोश्रो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ । बिहिवार भएको फाईनल खेलमा एपीएफले चिर–प्रतिद्धन्द्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–१ को सेटमा स्तब्ध बनायो । 


एपीएफले न्यु डायमण्डमाथी २५–१८,१२–२५,२५–१६ र २५–११ को जित निकाल्यो । तेश्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिसले नेपाल आर्मीलाई ३–१ को सेटमा रोक्यो । नेपाल पुलिसले पहिलो सेट २२–२५ ले गुमाए पनि खेलमा फर्कदै लगातर तीन  सेट २५–२०,२५–२२ र २५–११ ले आफ्नो नाममा लेखाएको थियो । 


साबित्री कन्चनजंगा अगरबत्तीको मुख्य प्रयोजन रहेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि एपीएफकी सरस्वती चौधरीले जितिन् । उनले बालकोर्ट स्थित शेरवहादुर खड्का स्मृति प्रतिष्ठानबाट प्रायोजन गरिएको नगद १० हजार प्राप्त गरिन् । त्यस्तै शिवम् न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाईकर चुनिदा कृपा अधिकारी उत्कृष्ट सेटर र सलिना श्रेष्ठले उत्कृष्ट डिफेन्सको उपाधि जिते ।  


नेपाल पुलिसकी कमला पुनले उत्कृष्ट सर्भरको उपाधि हात पार्दा एपीएफकी उषा बिष्ट उत्कृष्ट ब्लकर भईन् ।  एपीएफकै ज्ञानेन्द्र बिष्ट उत्कृष्ट कोच चुनिए । प्रतियोगिताका बिजेता खेलाडीलाई प्रमुख अतिथि साबित्री कन्चनजंगा अगरबत्ती उद्योगका प्रोप्राईटर मनिस मुन्द्रा,पर्बत जिल्ला प्रशासन कार्यलयका प्रमुख राजेश पन्थी, नेपाल भलिबल संघका उपाध्यक्ष यमवहादुर गुरुङ, आयोजक रेडियो दिदिबहिनीकी अध्यक्ष कल्पना चापागाईलगायतले पुरस्कृत गरे ।