Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 years ago

892




सेभेन ए साईड फुटवलको उपाधी रोट्¥याक्ट क्लव लाई
सेभेन ए साईड फुटवलको उपाधी रोट्¥याक्ट क्लव लाई



रोशन तिवारी फागुन ५ पर्वत । पर्वत सदरमुकाम कुश्मामा भएको प्रथम सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधी रोट्¥याक्ट क्लव अफ पर्वतले जितेको छ । सिसेफ नेपालको आयोजना तथा सिसेफ स्पोट्स एकेडमीको संयोजनमा आयोजित प्रतियोगितामा रोट्¥याक्ट क्लव अफ पर्वत र एकता युवा क्लवका वीचमा शनिवार फाईनल प्रतिष्पर्धा भएको थियो । 

फाईनलमा रोट्¥याक्ट क्लव अफ पर्वतले एकता यूवा क्लवलाई ट्राईवे्रकरमा शुन्यका बिरुद्ध दुई गोल अन्तरले हराउँदै उपाधी हात पारेको हो । शुत्रबार र शनिवार गरि दुईदिनसम्म चलेको प्रतियोगीतामा ८ टिमको सहभागिता रहेको थियो । पहिलो चरण शुक्रवार आयोजक सिसेफ नेपाल र नमुना आवसिय मावि, पर्वत संगित संघ संग रोट्¥याक्ट कलव अफ पर्वत, कुश्मा मुस्लिम युवा क्लवसंग पर्वत ब्याडमीन्टन संघ तथा पर्वत वैंकर एसोसियसनसंग एकता युवा क्लवको विचमा प्रतिष्पर्धा भएको थियो 

। विजेता टिम लाई नगद १५ हजार ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई १० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । सिसेफ नेपालका अध्यक्ष विष्णुराज पुरीको अध्यक्षतामा संचालित समापन कार्यक्रमको प्रमुख अतिथ सिसेफका संथापक उत्प्रेरक भिम प्रसाद श्रेष्ठ रहनुभएको थियो प्रमुख अतिथि श्रेष्ठले खेल मैदान र्निमाणका लागि सवैसंग सहकार्यगर्दै जानुपर्ने वताउनुभयो । ्

कार्यक्रममा सिसेफका संस्थापक अध्यक्ष टंकनाथ लामिछाने,एकता युवाकलवका अध्यक्ष नरेन्द्र के शि, रोट्याक कलव अफ पर्वतका अध्यक्ष मिलन पौडेल लगायतले वोल्नुभएको थियो  संचालन सस्थापक उपाध्यक्ष रमेश श्रेष्ठले गर्नु भएको थियो  भने स्वागत सिसेफ स्पोस्ट्स एकेडमीका अध्यक्ष गोविन्द रिजालले गर्नुभएको थियो ।


सम्बन्धित समाचार (जिल्ला )