दुर्लुङका प्रेमबहादुरले किन आफ्नै घाँटी रेटे ?
    1 month ago     183
दुर्लुङका प्रेमबहादुरले किन आफ्नै घाँटी रेटे ?


चैत्र १६ पर्वत । पर्वतको कुस्मा नगरपालिका ३ का एक बृद्धले हसियाँले घाँटी रेटी आफैँलाई घाईते बनाएका छन् । ७० बर्षिय प्रेमबहादुर गुरुङ्गले आफैँलाई घाँटीमा हसिँया हानेका हुन् । हसिँयाको चोटले गुरुङको घाँटीमा सामान्य चोट लागेको छ । 

उनले बुधबार राती आफैँलाई हँसिया रेटेका थिए । घाईते भएका उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याएपनि थप उपचार गर्न पोखरा स्थित गण्डकी अञ्चल अस्पतालमा रिफर गरिएको जिल्ला अस्पतालमा कार्यरत प्रहरी जवान पूर्णबहादुर भण्डारीले जानकारी दिए । 


उनले यसअघि पनि आफैँलाई मटितेल खन्याएर हत्या गर्ने प्रयास गरेको बुझिएको छ । गुरुङ मानसिक रुपमा कमजोर रहेको आफन्तहरुले जानकारी दिएका छन् । घटनाको बारेमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । आफैँ सन्किएर उनले हसिँया रेटेका हुन् या अन्य पारिवारिक तनावले भन्ने बारेमा अनुसन्धान भैरहेको छ । 



सम्बन्धित समाचार (जिल्ला )