दोहोरो नागरिकता लिने पक्राउ
    6 months ago     176
दोहोरो नागरिकता लिने पक्राउ


रोशन तिवारी माघ २९ पर्वत । दुईथरि नाममा दुई जिल्लावाट नागरिकता लिएका एक व्याक्तिले प्रहरीले पक्रिएको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाको माझकोट २ घर भई हाल पोखरा लेखनाथ महानगरपालिका २५ चण्डिस्थान वस्ने ३० वर्षिय सुजन थापा भनिने मिनवहादुर कुमाल रहेका छन् । 


जिल्ला प्रहरी कार्यालयले पक्राउ गरि अनुसन्धान गर्दा निजले पर्वतको तत्कालिन कुर्घा गाविस ठेगाना उल्लेख भएको र सुजन थापा नाम रहेको नागरिकता लिएको र उनी संग तनहुँको माझकोट ठेगाना भएको अर्को नागरिकता समेत फेला परेको छ । उक्त नागरिकतामा भने मिनवहादुर कुमाल नाम उल्लेख रहेको पाइएको छ । 

पक्राउ परेका उनले जिल्ला प्रशासन कार्यालय तनहँुवाट नेपाली नागरिकता प्राप्त गरी सकेपछी जिल्ला प्रशासन कार्यालय पर्वतवाट झुट्टा व्यहोरा लेखाई दोहोरो नागरिकता लिएको वयान दिएका छन् । उनी संग दुई थरि नाम र ठेगाना उल्लेख भएको सवारी चालक अनुमतीपत्र समेत रहेको छ ।  

विभिन्न सञ्चारमाध्यमवाट समाचार प्रकाशन र प्रसारण भएपछि पर्वत प्रहरीले उनको खोजी गरिरहेको थियो । उनलाई विशेष सुराकीको आधारमा पोखरा स्थित उनको डेरावाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान गर्दा झुट्टा बिबरण पेश गरी दोहोरो नागरिकता लिएको वयान दिएका छन् । उनलाई झुठो विवरण पेश गरि नागरिकता लिएको अभियोगमा मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए ।