११ वर्षे वालक श्रखंलावद्ध चोरीमा संलग्न
    4 months ago     112
११ वर्षे वालक श्रखंलावद्ध चोरीमा संलग्न


चैत्र ८ पर्वत । पर्वतका एक ११ बर्षे बालक पेशेवर चोर बनेका छन् । जलजला गाउँपालिकाका जीवन दमै श्रखंलावद्ध चोरीमा सलंग्न भएको पाइएको हो । नावालकलाई कुनै कारबाही नहुने भएपछि उनी पटक पटक चोरीमा सलंग्न हुने गरेका हुन् । उनी बुधवार ९० हजार रुपैयाँ चोरी गरि भाग्दै गर्दा प्रहरीले पक्रेको छ । प्रहरीले उनलाई सम्झाईवुझाई गरेर अभिभावकको जिम्मा लगाएको छ । यसअघि पनि उनी चोरीका घटनामा समातिएर छोडिएका थिए । 

अभिभावकहरुको आँखा छल्दै उनी वजारक्षेत्रमा चोरी गर्ने काममा लागेका छन् । बुधबार कुस्माको मेलमिलापचोकमा जीपमा राखेको नगद चोरी गरेर भाग्दै गरेका अबस्थामा उनी पक्राउ परेपछि यस अघि पर्वत, बागलुङ्ग र म्याग्दीमा भएका धेरै चोरीका घटनामा आफुँ संलग्न भएको उनले स्विकार गरेका छन । 

पर्वतको मोदी गाउँपालिका वडा नं ४ बस्ने २२ बर्षिय हिरा पुनले सोमबार कुस्माबजारमा रहेको प्रभु बैंकबाट झिकेर जीपमा राखेको ९० हजार रुपैया नगद सहितको झोला चोरी गरेर भाग्दै गर्दा ती बालकलाई प्रहरीले पक्रेको थियो । बैंकबाट रकम झिकेर ग १ ज ६६१५ नम्वरको जिपमा कुश्माबजारको मेलमिलाप चोकमा राख्ने बेला सम्म पिछा गर्दै गएका ती बालकले कोही नभएको मौका छोपी गाडीबाट नगद सहितको झोला चोरी गरेर भागेका थिए । 

यस अघि माघ ७ गते राति जलजला गाउपालिका वडा न.३ वारिवेनी वजारबाट भएको १ लाख २० हजार नगद, मोवाईल चोरीको घटनामा पनि ती बालक नै संलग्न थिए । चोरीमा संलग्न भएका ती नावालकलाई अभिभावकको रोहवरमा अव आईन्दा यस्ता कृयाकलाप नगर्न सम्झाएर अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

नावालक यसरी चोरीमा सलंग्न हुनु दुखको कुरा हो । उनी एक्लै चोरको नाईके बनेका हुन् । उनलाई पटक पटक समातेर अभिभावकको जिम्मा लगाएपनि चोर्ने लत हट्न सकेको छैन । यस क्षेत्रमा पटक पटक भएका चोरीका घटनामा ब्यबसायिक रुपमा नै एक जना बालक संलग्न भएको अनुसन्धानवाट खुल्न आएको हुदा यस्ता घटनाहरु अवका दिनहरुमा समेत घट्न भएकाले जिल्ला प्रहरी कार्यालयले सचेत हुन सबै नागरिकलाई अनुरोध पनि गरेको छ ।


सम्बन्धित समाचार (जिल्ला )