जवरजस्ती गरेको आरोपमा एकजना पक्राउ
    6 months ago     555
जवरजस्ती गरेको आरोपमा एकजना पक्राउ




रोशन तिवारी माघ २९ पर्वत । जवरजस्ती करणीको आरोपमा एक जनालाई पर्वत प्रहरीले पक्रिएको छ । पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका १० कुर्घाका ३६ वर्षिय सुन्दरप्रसाद श्रेष्ठ रहेका छन् । उनले कुश्मामा वस्ने एक महिलालाई मदिरा सेवन गरि जवरजस्ती गरेको आरोपमा पक्रिएको हो । आईतवार साँझ उनले ति महिलालाई जवरजस्ती करणी गर्ने प्रयास गरेका थिए । स्थानिय व्यक्तिहरुले देखे पछि उनी फरार भएका थिए । 

घटनाको सुचना प्राप्त हुना साथ प्रहरी चौकी फलेवासवाट प्रहरी नायव निरीक्षकको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय पर्वतवाट विशेष प्रहरी टोली खटिई खोजतलास गर्दा श्रेष्ठलाई कुश्मा नगरपालिका ६ शिवालय चोकवाट लुकिछिपी पोखरा तर्फ जान लागेको अवस्थामा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान पश्चात पक्राउ परेका श्रेष्ठलाई जवरजस्ती करणी उधोग गरेको अभियोगमा मुद्धा दर्ता गरी थप अनुसन्धान भैरेहको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देविप्रसाद पौडेलले जानकारी दिए ।