Correspondent, ParbatNepal
8 years ago
2044
माघ २७ पर्वत । फलेबास नगरपालीका ६ देविस्थानमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा शाखाको अभिमुखिकरण सम्पन्न आज भएको छ । अभिमुखिकरणमा फलेबास नगरपालीका ६ देविस्थानका ३५ जनाको सहभागिता रहेको थियो ।
अभिमुखिकरण तालिमले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विमा निति, विमाका फाईदा, विमाका दायरा, जीवन विमा किन गर्ने ?कसरी गराउने ?फाईदा र बेफाईदा लागायतका बिषयमा अभिमुखिकरण गराएको थियो ।
यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश ४ का प्रदेश संयोजक हरि प्रसाद ढुङ्गना, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा शाखाका एजेन्सी म्यानेजर माधव पौडेल, पर्वत शाखा प्रमुख प्रसन्न पौडेल ,यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तनहुँ शाखाका प्रमुख ईन्द्र पौडेलले सहभागीलाई तालिम दिनुभएको थियो ।
