Author
ParbatNepal
Correspondent, ParbatNepal
8 years ago
1869
दिदीबहिनी कप भलिबल फागुनमा हुने
माघ ७ पर्वत - दोस्रो दिदीबहिनी कप भलिबल प्रतियोगिता आउँदो फागुनको २२ देखि २४ गते सम्म पर्वतमा आयोजना हुने भएको छ ।
पर्वतको कुश्मास्थित रेडियो दिदीबहिनीको आयोजनामा हुने प्रतियोगितामा ३ विभागीय टिम, न्यू डायमन्ड एकेडमी, पश्चिमाञ्चल क्षेत्रीय भलिबल टिम र आयोजक गरी ६ टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा प्रथम हुने क्लबले १ लाख, दोस्रो हुने क्लबले ६० हजार र तेस्रो हुने क्लबले ४० हजार रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।
यसैगरी, विभिन्न विधाका खेलाडीहरुलाई सम्मानित गरिनुका साथै अनुशासित टिमलाई १५ हजार रुपैँया प्रदान गरिने आयोजकद्वारा बिहीबार पर्वतमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2487
सम्बन्धित समाचार ( खेलकुद)
