Correspondent, ParbatNepal
6 years ago
1388
चैत्र २१,
पर्वत । कोरोनाको त्रासले लकडाउन भए पछि समस्यामा परेका विपन्न र दैनिक ज्याला मजदूरी
गरि जीवन गुजार्ने परिवारका लागि पर्वतको फलेवास नगरपालिकामा कर्मचारी र शिक्षकहरुले
आफ्नो तलव बाट रकम सहयोग गरेका छन् ।
नगर कार्यपालिकाले
गठन गरेको विपद व्यवस्थापन कोषलाई सहयोगको लागि आव्हान गरेपछी कर्मचारीको तिनदिनको
र शिक्षकको दुईदिनको पारिश्रम कोषमा जम्मा गरिएको हो । नगरपालिकाले विपदको घडीमा सहयोग
जुटाउन थालिरहेको छ ।
कर्मचारी
र शिक्षकको तलव बाट १२ लाख रुपैया) विपत व्यवस्थापन कोषको खातामा संकलन भएको नगरप्रमुख
पदमपाणी शर्माले जानकारी दिनुभयो । फलेवास नगरपालिकाले राहात कोष खडा गरि सहयोग संकलनको
काम गरिरहेको छ । यसैबिच ज्याला मजदूरी गरि जिविकोपार्जन गर्नेहरुले भने राहात वितरण
छिटो भन्दा छिटो गर्न माग गरेका छन् ।
तत्काल राहातको खाँचो परेपनि सरकारहरुले राहात नदिँदा समस्या भएको उनीहरुको भनाई छ । पर्वतका सरकारहरुले राहात संकलन गरिरहेपनि वितरण भने गरेका छन् । सबै राहात अबको एक हप्तासम्म गर्ने संभावना देखिँदैन ।
