Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 months ago

276




फलेवासमा कोरोना रोकथाम तथा उपचारको लागि ३५ लाखको कोष स्थापना
फलेवासमा कोरोना रोकथाम तथा उपचारको लागि ३५ लाखको कोष स्थापना

चैत्र २०, पर्वत फलेवास नगरपालिकाले कोरोना भाइरस -कोभिड १९_ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार राहातका लागि ३५ लाख जम्मा गरि कोषको शुरुवात गरेको नगर कार्यपालिकाले आज राष्ट्रिय वाणिज्य बैक फलेवास शाखामा विपत व्यवस्थापन कोष संचालन गरि सो कोषको स्थापना गरिएको फलेवास नगरपालिका प्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो उक्त राहात कोषमा सहयोग गर्न जनप्रतिनिधी, राष्ट्रसेवक, शिक्षक, कर्मचारी, राजनैतिक दल,उद्योगी व्यापारी, वित्तिय तथा सामजिक संघसंस्था लगायत सम्पूर्ण इच्छुक व्यक्तिलाई आह्वान गरिएको उहाँले बताउनु भयो


कोषमा जम्मा भएको रकम कोरोना भाइरस रोकथाम तथा उपचारको लागि आवश्यक आइसोलेसन अस्पताल स्थापना सञ्चालनमा लाग्ने खर्चहरुको व्यवस्थापन गर्न, मानवीय क्षति नियन्त्रण प्रकोपको कारणबाट प्रभावित व्यक्तिहरुको सहज परीक्षण तथा उपचारको व्यवस्था गर्न, उपचारमा आवश्यक पर्ने मेडिकल सामग्री औषधी उपकरणको लागि लाग्ने खर्चको प्रवन्ध गर्न खर्च गरिनेछ


नोवेल कोरोना भाइरसको महामारी नियन्त्रण रोकथामको लागि गरिएको लकआउटवाट नगरवासीहरु खाद्यान्न अभावमा कोही पनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यले अति न्यून आयश्रौत भएका घरपरिवार, विहान बेलुका चुलो  बाल्न दैनिक ज्याला मजदुरी गर्ने, लकडाउनका कारण आयश्रोत गुमेका परिवारको खाद्यसुरक्षा लागि नगरपालिकाले खर्च गर्ने  


साथै नगरपालिकाले कोरोना भाइरसवाट नागरिकलाई जोगाउन सम्भावित संक्रमणलाई नियन्त्रण गर्न नगर कार्यपालिकाको सम्पूर्ण ध्यान केन्द्रित भएकाले यस विपतको घडिमा नगरवासीलाई नआत्तिन, धर्य गर्न उच्च मनोवलका साथै कोभिड १९ को रोकथाम नियन्त्रणका लागि सरकारको प्रयासलाई पूर्ण साथ दिन अपिल गरेको   



सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)