पर्वतको फलेवासमा तेक्वान्दो प्रतियोगिता सुरु
admin     3 weeks ago     24
पर्वतको फलेवासमा तेक्वान्दो प्रतियोगिता सुरु

पर्वतको फलेवासमा तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । फलेवास तेक्वान्दो डोजाङको समन्वयमा राष्ट्रिय तेक्वान्द संघ जिल्ला कार्यसमिती पर्वतले आयोजना गरेको तेक्वान्दो प्रतियोगिता शनिवार बाट फलेवासको खानिगाँउमा शुरु भएको हो । साना उमेरका एवं स्कुल अध्ययनरत खेलाडीलाई पनि अवसर दिलाउन र राम्रो खेलाडी स्थानीए स्तर बाटै उत्पादन गराउने उद्देश्य सहति तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको हो ।

महिलातर्फ १८—२०,२४—२७, २८— ३१,३१—३४,३८—४१,४३—५४ र ४५—५८ केजी तौलसमूहमा प्रतिस्पर्धा भईरहेको छ भने पुरुषतर्फ १७—२०,२०—२३,२३—२७,२७—३१,३१—३५,३५—३९,४०—४३,४३—४६,४६—४९,४९—५३,५४—५८,५८—६२ केजी तौल समूहमा प्रतिस्पर्धा भईरहेको छ । आज सेमीफाईनल सम्मका खेल सम्पन्न भएका र भोली फाईन खेल हुने राष्ट्रिय तेक्वान्द संघ जिल्ला कार्यसमिती पर्वतका अध्यक्ष कमल थापाले जानकारी दिनुभयो । जिल्लाको कुश्मा र फलेवास नगरपालिकाका करिब २०० तेक्वान्दो खेलाडीहरु प्रतियोगितामा सहभागी रहेका छन् । प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुने लाई पुरस्कृत गरिने  प्रतियोगिता संयोजक एवं फलेवास तेक्वान्दो डोजाङ प्रमुख हिटलर थापाले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा उत्कृष्ठ महिला र पुरुष खेलाडीलाई पनि पुरस्कृत गरिने छ । 

तेक्वान्दो प्रतियोगिता उद्धघाटन फलेवास नगर प्रमुख पदम पाणी शर्माले गर्नुभएको हो ।उद्धघाटन गर्दै शर्माले विकास निर्माणमा जस्तै खेलकुदमा पनि नगरपालिकाले विभिन्न कार्यक्रहरु गरी खेलकुदको विकासमा काम गर्ने बताउनुभयो ।  संस्थागत रुपमै खेल क्षेत्रको विकास गर्न नगरपालिका क्रियाशील रहेको बताउदै शर्माले खेलकुदको क्षेत्रमा नगरपालिकाले छिट्टै नयाँ योजना ल्याउन लागेको जानकारी दिनुभयो । “खेल क्षेत्र निकै ठूलो सम्भावना बोकेको क्षेत्र हो शर्माले भन्नुभयो खेलकुदको क्षेत्रमा ठूलो उपलब्धि प्राप्त गर्न हामीले सक्नुपर्छ यसले नेपाल र नेपालीको शिर उच्च बनाउने छ ।” 

फलेवास नगर उपप्रमुख मञ्जु अधिकारीले खेलकुद क्षेत्रमा लागेर भविश्य निमार्ण गर्न सकिने बताउदै नेपाली खेलकुद क्षेत्र लाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाली खेलकुदमा राम्रो संभावना रहेकोले यसको विकाससमा राज्यसगै खेलसंग सम्वन्धित संघ संस्था तथा व्यत्तिहरु समेत एक भएर अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो 

http://phalewassandesh.com/story/2506