Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

9 years ago

1865




पर्वतमा विश्व स्तनपान सप्ताह शूरू
पर्वतमा विश्व स्तनपान सप्ताह शूरू

अाज विश्व स्तनपान सप्ताहकाे पहिलाे दिन । पर्वतमा पनि विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरि विश्व स्तनपान सप्ताह मनाउन लागिएको छ । ‘सबै मिली स्तनपानलाई दिगो बनाऔँ’ भन्ने मुलनाराका साथ आजदेखी साउन २३ गतेसम्म विश्व स्तानपान सप्ताह सन्चालन हुने भएकाे छ ।  जिल्ला स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा विश्व स्तनपान सप्ताह कार्यक्रमको आयोजना गरिएको हो ।

बालबालिकाको जिवन विकासका लागि आवश्यक पर्ने पौष्टिक तत्व पौष्टिक तत्व आमाको दुधवाट मात्र पाईने गाईभैसिको दुध तथा बजारमा पाइने बट्टाको दुधवाट नपाईने भएकाले यस सम्वन्धित सचेतना जगाउन सप्ताहको मुल उद्देश्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

विश्व स्तनपान सप्ताहको अवसरमा जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा चेतनामूलक कार्यक्रम सुरु गरिएको, सप्ताह अवधिभरि स्तनपानको महात्ववारे स्थानिय जनसमुदायलाई सचेत गराउन, शिशु जन्मेको एक आजाघण्टाभित्र स्तनपान गराउने संङख्या बढाउन र स्तनपान नगराउनाले हुने समस्याका बारेमा सचेत गराउन जनचेतनामूलक कार्यक्रम गरिने जिल्ला स्वास्थ्य कार्यालय पर्वतका पोषण कार्यक्रमका फोकल पर्सन सिनियर अहेव गोपाल आचार्यले जानकारी दिनुभयो ।

विश्व स्तनपान दिवस सन् १९९२ देखि नेपालसहित विश्वभरी नै मनाउन सुरु गरिएको छ । नेपालमा ३४ प्रतिशत आमाले शिशुलाई पूर्ण रुपमा स्तनपान नगराउने भेटिएको छ । सन् २०१६ को सरकारी तथ्यांक अनुसार ६६ प्रतिशत महिलाले मात्र सन्तानलाई पूर्ण रुपमा स्तनपान गराउने गरेको पाइएको छ ।

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )