बोक्सी प्रथा बिरुद्ध ‘अग्निदहन’
    3 months ago     122
बोक्सी प्रथा बिरुद्ध ‘अग्निदहन’

पर्वत ८ फागुन ।समाजमा कुप्रथाको रुपमा रहेको बोक्सी प्रथा विरुद्धको जनचेतनामूलक चलचित्रको च्यारिटी शो गरिएको छ । गैह्र सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजनामा सिद्धेश्वर चलचित्र हलमा मंगलवार उक्त चलचित्रको शो गरिएको हो । 

सामाजिक अभियान तथा सामाजिक पुरस्कार कोष स्थापनार्थ अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसर पारेर चलचित्र प्रर्दशन गरिएको हो । गैरसरकारी संस्था महासघं नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष शिवप्रसाद शर्माका अनुसार च्यारिटी शो वाट संकलित रकमले बोक्सी प्रथाका कारण समाजमा विस्थापित हुनपरेका र हिँसामा परेका पीडितहरुलाई सहयोग गर्ने गरि सामाजिक पुरस्कार कोष स्थापना गरिने छ । 

सिद्धेश्वर चलचित्र मन्दिरमा करिव ५ सय जनाले उक्त चलचित्र हरेका छन् ।  आयोजकले चलचित्र हेर्नका लागि सहयोग स्वरुप १ हजार, ५ सय, ३ सय र विद्यार्थीहरुका लागि १ सयको दरको टिकट काटेको थियो । चलचित्रमा बोक्सी प्रथा जस्तो कु–संस्कारको वारेमा वर्णन गरिएको छ । 

बोक्सी कुप्रथा अन्त्यको महाअभियान ‘मान्छे बोक्सी हुँदैन कहिल्यै’ जागरण प्रतिष्ठान नेपालले उक्त चलचित्र निर्माण गरेको हो । कोविन्दशरण उपाध्यायको चलचित्रमा घनश्याम लामिछानेको निर्देशन रहेको छ । कथा पटकथा र संवाद लोकमणी पौडेलको रहेको छ भने सम्पादन दिर्घ खड्का र संगीत जोशन कुँवरको रहेको छ ।