Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 months ago

549




लोपोन्मुख अवस्थामा रहेको ‘खेली’ गित संरक्षणमा गायक युवराज भुषाल
लोपोन्मुख अवस्थामा रहेको ‘खेली’ गित संरक्षणमा गायक युवराज भुषाल

फागुन २५, पर्वत ख्याली विशेष चाडपर्वमा वा पूजाआजामा खैंजडी, मुजुरा आदि बजाउँदै गाइने लोकगीत चुड्का हो   ख्याली श्रृङ्गारप्रधान भक्तिप्रधान गरी दुई प्रकारको हुन्छ तन्नेरीतरुनीहरू भेला भई गाइने एक प्रकारको जुवारी श्रृङ्गारप्रधान हुन्छ भने जात्रा, देवाली पूजा जस्ता विशेष चाडपर्वमा वा पूजाआजामा भक्तिप्रधान ख्याली गाउने गरेको पाइन्छ खैँजडी मजुराको प्रयोग गरी विशेष प्रकारको थेगोलाई दोहो¥याउँदै लय तालमा फेरबदल गर्दै गाइने ख्याली लोक गीतको एउटा प्रसिद्ध भाका हो खेली गीत नेपाली लोकगीतको एउटा महत्वपूर्ण प्रकार हो खेली शब्दको व्युत्पत्ति खोज्दै गयो भनेखेल मूल शब्दमा प्रत्यय लागेरखेली बनेको हो तर लोकगीतका सन्दर्भमा भने यसको अर्थनेपाली लोकगीतको एक प्रकार भन्ने बुझिन्छ हाँसखेलका रूपमा व्यक्त हुने अर्थात् कुनै पूजाआजा, रोदी आदिमा युवायुवतीहरू जम्मा भएर व्यक्त गर्ने सरस प्रेमपूर्ण अभिव्यक्तिलाई खेली भनिन्छ

 

नेपालको पुरानो संस्कृति झल्काउनेखेली गीत पछिल्लो समय कमै मात्रामा सुन्न पाइन्छ खासगरी गण्डकी प्रदेशका पर्वत, बागलुङ, कास्की स्याङ्जा लगायतका जिल्लामा गाइने यो गीत अहिले संकटमा परेको नेपाली गीतसङ्गीतको खस्कँदो बजारसँगै अहिले खेली गित सङ्कटमा परेको हो पश्चिमाञ्चलका बूढापाकाले गाउने रोइला अर्थात् खेली गीतलाई नयाँ पुस्ताले निरन्तरता दिँदै आए पनि गीतसङ्गीतको घट्दो बजारले लोप हुने अवस्थामा पुगेको तर, पछिल्लो समयमा यो गितको संरक्षणमा पर्वते गायक युवराज भुषाल लागेका छन् पर्वत जिल्लाको बिहादी गाउँपालिकामा जन्मिएका गायक युवराज भुषालले खेली गितको प्रवद्र्धन विकासमा लागेका हुन् लामो समयदेखी सांगितिक दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएका गायक तथा सर्जक युवराज भुषालकोेके पिर ¥यो बैनी बोलको खेली गितले अहिले यूटुवमा राम्रो भ्यूज पाएको गितको अडियो केही समय पहिला बजारमा आएपछि गितको म्युजिक भिडियो तयार पारेका हुन् गायक भुषालको शव्दसंगित स्वरमा आउन लागेको गितमा लक्ष्मी न्यौपानेले साथ दिएकी छन् कुनै समय निकै चर्चित मानिएकी गायिका न्यौपानेलाई उक्त गितले स्थापित गर्ने धेरैले आँकलन

 

गितको संगित संयोजक गायक बिमलराज क्षेत्रीले गरेका हुन् म्युजिक भिडियोलाई चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका हुन् भिडियोको अभिनयमा भट्टलाई चर्चित नायक आयुष्मा कार्कीले साथ दिएकी छन् भिडियोको सम्पादन बिष्णु शर्माले गरेका हुन् पर्वतको बिहादी गाउँपालिका वहाकीमा जन्मिएका भुषालले सोही गाउँमा गितको छाँयाकन गरेका छन् बिहादी गाउँपालिकाको पर्यटकिय गन्तव्य गन्तव्यलाई क्यामरामा कैद गरिएको गितको छाँयाकन राजेश घिमिरले गर्नुभएको ड्रोन क्यामरावाट कैद गरिएको उक्त दृश्यले बिहादीको पर्यटन क्षेत्रलाई मद्दत पुग्ने विश्वास गरिएको सुन्दा भजनजस्तै लाग्ने तर दोहोरीजस्तै सवाल जवाफ गरिने रोइलाको वास्तविक नाम खेली हो यो गीत विशेष गरी पहिला पहिला ब्राह्मण क्षेत्री जातिले धार्मिक पर्व, पूजापाठ, वर्तबन्ध, वनपाखामा घाँसदाउरा गर्दा रोधी बस्दासमेत गाउने प्रचलन थियो   

 खेली गित ‘के पिर प¥यो बहिनी’ को म्युजिक भिडियो Û 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मनोरंजन)