Correspondent, ParbatNepal
6 years ago
2893
फागुन २५, पर्वत । चर्चित लोकदोहरी गायक बिलमराज क्षेत्रीको नयाँ गित सार्वजानिक भएको छ । बहुमुखी प्रतिभाका धनी गायक क्षेत्रीले ‘सुनको बाला’ बोलको गित बजारमा ल्याएका हुन् । क्षेत्रीको आफ्नै शव्द संगितमा तयार पारिएको गितमा सुष्मा लोहनीले साथ दिएकी छिन् । गायक क्षेत्री र गायिका लोहनीको यो पहिलो सहकार्य हो । गायक गायिका दुवै पर्वत जिल्लाले जन्माएका कलाकार हुन् ।
गितको संगित संयोजन आशिष अविरलले गरेका हुन् । उक्त गित राग स्टुडियोमा रेकर्ड गरिएको हो । गितको म्युजिक भिडियो केही समय पश्चात बजारमा ल्याउने तयारी भएको छ । ‘गितको राम्रो प्रतिक्रिया आएको छ, गायक क्षेत्रीले भने,‘हामीले यस गितको छिट्टै म्युजिक भिडियो बनाउने तयारी भएको छ । ’ विगतमा आफुले सृजना गरेका सवै गित मन पाएको हुँदा यस गितलाई पनि दर्शक श्रोतले मन पराईदिनुहुने छ, क्षेत्रीले भने ।
