रोट्र¥याक्ट क्लवद्धारा विद्यार्थीलाई चेतनामुलक शिक्षा प्रदान
    6 months ago     233
रोट्र¥याक्ट क्लवद्धारा विद्यार्थीलाई चेतनामुलक शिक्षा प्रदान


रोशन तिवारी माघ २७ पर्वत । विद्यार्थीहरुलाई लागुपदार्थको नकरात्मक असर र ट्राफिक नियमको वारेमा जानकारी दिइएको छ । शुक्रवार रोट्र¥याक्ट क्लव अफ पर्वतले नारायण मावि कुश्माका विद्यार्थीहरुलाई सचेतना कार्यक्रम अन्तर्गत लागुपदार्थको नकारात्मक असर र ट्र«ाफिक नियमको वारेमा जानकारी प्रदान गरेको हो । 

कक्षाकोठामा विद्यार्थीहरुले नैतिक शिक्षाको अभाव, घरमा अभिभावकको चासो नहुनु र साथीहरुको लहैलहैमा लागेर लागुपदार्थको सेवन गर्ने गरेका छन् । विद्यार्थी उमेरदेखि नै कुलतका वेफाईदावारे जानकार हुने हो भने यसवाट विद्यार्थी टाढा हुने देखेर रोट्र¥याक्ट क्लवले विद्यालयमा कार्यक्रम गरेको अध्यक्ष मिलन पौडेलले जानकारी दिनुभयो । 

सामाजिक विकृति उन्मुलन गर्न क्लवले विभिन्न कार्यक्रम विगतमा पनि गर्दै आएको छ । पौडेलले ट्र«ाफिक नियमको पालना गर्न र गराउन पनि विद्यार्थीहरुको महत्वपूर्ण भुमिका हुने भएकाले तत्सम्वन्धि तालिम पनि दिइएको वताउनुभयो । कक्षा ११ र १२ का विद्यार्थीहरुलाई तालिम दिइएको हो । विपत व्यवस्थापनमा विद्यार्थीहरुले खेल्ने भूमिकाको वारेमा पनि उनीहरुलाई प्रशिक्षित गराइएको छ । 

कार्यक्रममा शसस्त्र प्रहरी वल चण्डिका गणका गणपती नवराज अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरे, ट्र«ाफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले लागुपदार्थ दुव्यर्सनी, विपत्र व्यवस्थापन र ट्र«ाफिक सचेतनाको वारेमा विद्यार्थीहरुलाई जानकारी प्रदान गर्नुभयो । उक्त अवसरमा विद्यार्थीहरुका धारणाका वारेमा पनि छलफल भएको थियो । 

कार्यक्रममा नारायण माविका प्रअ अम्विका आचार्य लोहनी, विद्यालय व्यवसथापन समितिका अध्यक्ष रमाकान्त शर्मा, प्रहरी सहायक निरीक्षक गणेश विक, विद्यालयका शिक्षकहरु र रोट्र¥याक्ट क्लवका पदाधिकारी तथा सदस्यहरु सहभागी भएका थिए । कार्यक्रमले विद्यार्थीहरुलाई नैतिक शिक्षा, विपत व्यवस्थापनको धारणा र ट्र«ाफिक नियमको वारेमा जानकारी हासिल भएको आयोजकले दावी गरेको छ । कार्यक्रमलाई प्रिज्म सेण्टर अफ लर्निङ प्रालिका निर्देश्क विनित थापाले आर्थिक् सहयोग गर्नुभएको जनाइएको छ ।