मुस्ताङको स्याउ मिठो,आलु वनौँको भिडियो वजारमा ( भिडियो सहित )
    2 weeks ago     1111
मुस्ताङको स्याउ मिठो,आलु वनौँको भिडियो वजारमा ( भिडियो सहित )

मुस्ताङको स्याउ मिठो आलु वनौँको 

खाउली माया मासको दाल दमौली तनहुँको  

यो गितको भिडियो वजारमा आएको छ । चर्चित गायक याम क्षेत्री र सरस्वती लामिछानेको स्वर, प्रकाश रेग्मीको शव्द र लयमा रहेको गितको भिडियो वजारमा आएको हो । पञ्चेवाजामा रहेको यो गितको भिडियो निकै मिहेनत गरेर तयार पारिएको छ । गितको शब्दमा मुस्ताङको स्याउ , पर्वतको वनौँमा चर्चित आलु, वाँसखर्कको सुन्तलाको चर्चा छ । आईतवारको शुभमुर्हतमा स्रोता र दर्शकमाझ आएको भिडियोले वजार पिट्ने अपेक्षा लिइएको छ । 

छौ कि छैनौ सानुले थाहा पाको 

राम्रो मिठो सुपारी झापाको 

गितमा झापाको सुपारीको पनि चर्चा छ । जिल्ला जिल्लामा चर्चामा रहेका फलफुल र तरकारीको विशेषता गितमा सुन्न पाइन्छ भने गाउँको परिवेशको अवलोकन गर्न सकिन्छ । पर्वत जिल्लाका कलाकारहरु प्राय गितको गायन र अभिनयमा रहेका छन् । यो गितले पर्वतको सुन्तला र आलुको मात्रै हैन सिन्धुलीको सुन्तलाको पनि चर्चा छ । 

हरपल याद छ सानु आएको 

सिन्धुलीको जुनार खाएको 

यो गितमा शव्द र लय संकलक समेत रहेका प्रकाश रेग्मी, दिलिप रेग्मी, याम क्षेत्री, रविना भण्डारी लगायतले अभिनय गरेका छन् । याम क्षेत्रीको आफ्नै म्युजिक कम्पनी समर्पण म्यूजिक प्रालीले गित र भिडियो दर्शक स्रोतमाझ ल्याएको हो । यो गित र भिडियोले वजारमा राम्रो प्रभाव पार्ने देखिएको छ । यो गितको शब्द र भिडियोले दर्शकलाई भरपूर्ण मनोरन्जन दिने निर्माण पक्षको दावी छ । भिडियो हेर्न लिंक खोल्नुहोस ।