आईवल एकेडेमीमा हस्तलेखन कार्यशाला
    6 months ago     232
आईवल एकेडेमीमा हस्तलेखन कार्यशाला


रोशन तिवारी माघ १६ पर्वत - पुर्व प्राथमिक तहमा अध्यापनरत बालबालिकाका अभिभावकहरुलाई बालबालिकाको हस्तलेखन सुधारमा अभिभावकको भूमिकाबारे प्रशिक्षण सञ्चालन भएको छ । कुश्मा नगरपालिका ९ कटुवाचौपारीस्थीत आइबल एकेडेमी अंग्रेजी आवाशिय माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा टीसि स्टार प्रालिका देबेन्द्र आचार्य, सानु जोशी लगायतले ४० जना अभिभावक र १० जना शिक्षकहरुलाई बालबालिकाको हस्तलेखन सुधारमा अभिभावक र शिक्षकहरुले बहन गर्नसक्ने जिम्मेवारी र खेल्नसक्ने भूमिकाबारे प्रशिक्षण दिएका थिए । 

पुर्व प्राथमिक तहबाटै अक्षर लेखनको शुभारम्भ हुने भएकोले त्यस्तो अवस्थाका बालबालिकाहरुलाई हस्तलेखन सीपको महत्वपुर्ण भूमिका हुने भएकोले यो कार्यक्रमले आफुलाई निकै हौसला दिएको अभिभावक रुद्र सापकोटाले बताए । सबै सहभागिहरुलाई संस्थाका कार्यक्रम निर्देशक रमेश पराजुलीबाट सहभागिलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

पुर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुले आफुले जानेको कुरा बालबालिकालाई सिकाउन सके बालबालिकाहरुको हस्तलेखनमा सुधार हुने भएकोले यस्तो कार्यक्रम सञ्चालन गरिएको विद्यँलयका प्रिन्सिपल बिमल पौडेलले बताए । 

सहभागि अभिभावकहरुले यस्ता कार्यक्रमले धेरै अभिभावकहरुका लागि यस्ता कार्यक्रम निकै आवश्यक भएको भन्दै अन्य स्थानहरुमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताएका थिए । प्रशिक्षकहरुले सहभागिलाई राम्रो कसरी लेख्न सकिन्छ र अभिभावकले कसरी बालबालिकाहरुका लागि नेतृत्वदायि बनाउन सकिन्छ भन्नेबारे सहभागिहरुलाई अन्तरकृयात्मक तथा प्रयोगात्मक शैलीमा प्रशिक्षण दिएका थिए ।