साँसद अधिकारीले भने,‘नयाँ शैक्षिक निति आवश्यक छ‘
    6 months ago     118
साँसद अधिकारीले भने,‘नयाँ शैक्षिक निति आवश्यक छ‘


माघ १० पर्वत - पर्वतको कुस्मा नगरपालिका वडा  १४ आर्थर डाडाँखर्क स्थित शुभकल्याण आधारभूत बिद्यालयले बिभिन्न कार्यक्रमको आयोजना गरि ५६ औ बार्षिकोत्सब मनाएको छ । 

बिद्यालयले तीन दिन सम्म बिभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरेर बार्षिकोत्सब समारोह सम्पन्न गरेको हो । 

बार्षिकोत्सबको प्रदेशसभा सदस्य नेत्र अधिकारीले उद्घाटन गरे । कार्यक्रम उद्घाटन गर्दै अधिकारीले शिक्षा क्षेत्रमा रहेका  सबै समस्या हल गर्दै नयाँ शैक्षिक उपलब्धी लिनका लागि नयाँ शैक्षिक नितिी ल्याउन आवश्यक भएको बताए । ‘अहिले शिक्षा क्षेत्रमा धेरै बिकृती र बिसंगतिहरु देखिएका छन’ उनले भने ‘यी सबै समस्या समाधान गदैै अझै राम्रो उपलब्धी हटाउन नयाँ शैक्षिक निति बनाउन आवश्यक छ’ उनले अब बन्ने केन्द्र र प्रदेश सरकारले यसबारेमा गम्भीर हुने बताए । उनले  सामुदायिक बिद्यालयहरुमा शैक्षिक सुधारका लागि समुदाय, शिक्षक र अभिभावक लाग्नुपर्ने सुझाब दिए । 

कार्यक्रममा बोल्दै पर्वतका जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले शिक्षकले चाहेमा सामुदायिक बिद्यालयमा धेरै सुधार ल्याउन सकिने बताउँदै शिक्षकले जागिर गरेको भन्दा पनि आफ्नो कर्तब्य सम्झेर पढाउन आवश्यक छ भने । उनले पछिल्लो समयमा धेरै सामुदायिक बिद्यालयले बिद्यार्थी आकर्षित गर्न र शैक्षिक सुधार गर्नकालागि काम गरिरहेको चर्चा गर्दै सुधारको प्रयास गर्नेहरुलाई प्रोत्साहित गर्न जरुरी छ भने । 

कार्यक्रममा पञ्चकोशी आर्थरडाडाँखर्क समाज पोखराका अध्यक्ष क्या. लालप्रसाद गुरुङ्गले समाजले पोखरामा रहेर पनि बिद्यालय र आर्थर डाडाँखर्क क्षेत्रमा आवश्यक परेको ठाँउँमा सहयोग गर्दै आएको बताउँदै अझै थप सहयोग गर्न तयार रहेको जानकारी गराए । कार्यक्रममा प्रेस चौतारी नेपालका पुर्ब केन्द्रिय बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माले सामुदायिक बिद्यालयले अहिलेको अवस्थामा आफुँलाई परिर्वतन नगर्ने हो भने भबिश्यमा बन्द हुन सक्ने भएकाले सबैले समयमा नै शैक्षिक सुधारका काम थाल्नु पर्छ भने । 

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पुर्णबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन प्रधानाध्यापक सुरेन्द्र गौतम र स्वागत पुर्ब प्रअ इन्द्रबहादुर गुरुङ्गले गरेका थिए । बार्षिकोत्सबका अवसरमा बिद्यालयमा अक्षयकोष राख्ने दाता र बिभिन्न सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मानित पनि गरिएको थियो भने बार्षिकोत्सबका अवसरमा आयोजित प्रतियोगितामा बिजयीहरुलाई पुरस्कार र प्रमाणपत्र पनि बितरण गरिएको थियो । 

शुभकल्याण आभारभूत बिद्यालयले मन्टेश्वरी र अंग्रेजी बिधिमा अध्यापन गराउन थालेको छ भने बिद्यालयका लागि ५ लाख भन्दा बढी अक्षयकोष समेत संकलन गरिसकेको छ ।