Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2886




याम क्षेत्री को पन्चेबाजा गीत लम्जुंगे मायालाई पर्वते बनाउछु चर्चित हुदै
याम क्षेत्री को पन्चेबाजा गीत लम्जुंगे मायालाई पर्वते बनाउछु चर्चित हुदै

पर्वते गायक याम क्षेत्री ले आफ्नो बिबाह मा छायांकन गरिएको पन्चेबाजा गीत "लम्जुंगे मायालाई पर्वते बनाउछु" पछिल्लो समय ज्यादै चर्चित हुदै गइरहेको छ।  यस सम्बन्धन मा गायक क्षेत्री ले पर्बतनेपाल डट कम संग को कुराकानी मा नेपाली हरु पन्चेबाजा तर्फ आजकल आकर्षित हुदै गैरहेको र गीत पनि समसमायक भएको ले छोटो समय मा चर्चित भएको बताए।  

लोकदोहोरी गायिका देवि घर्ती ले साथ दिएको सो  गीत को भिडियो मा गायक क्षेत्रीको आफ्नै बिबाहमा छायांकन गरिएका दृश्य देख्न सकिन्छ। प्रलाद सुबेदीको शब्द रहेको गीतमा बसन्त थापाको संगीत रहेको छ ।

गायक क्षेत्री ले अघिल्लो वर्ष निकालेको  "पहाड को पर्बत तिर सानो मेरो घर छ " भन्ने गीत १४ लाख जना ले युटुब मा हेरेका थिए।   

NA
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मनोरंजन)