डिमुवा र पातीचौर बजारमा सरसफाई कार्यक्रम
admin     2 months ago     11
डिमुवा र पातीचौर बजारमा सरसफाई कार्यक्रम

पर्वतको मोदी गाउँपालिकामा बृहद सरसफाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अन्तर्गत डिमुवा, पातीचौर र बाजुङ पातीचौर लगायतका बजारमा सरसफाई गरिएको हो । मोदी गाउँपालिकाको अगुवाई र डिमुवा प्रहरी चौकीको व्यवस्थापनमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले स्वस्थ्व समाज निर्माणका लागि सरसफाई अपरिहार्य भएको बताउँदै यसमा सवै एकजुट भएर लाग्न आग्रह गरेका थिए । उनले गाउँ पालिकाले आफ्नो सवै वडाहरुमा सरसफाई अभियान थाल्ने पनि बताए ।

सो अवसरमा झण्डै एक सय जना म्यादी प्रहरी, डिमुवा प्रहरी चौकीका प्रमुख एकनारायण खनाल र नेपाली सेनाले पनि सहभागिता जनाएको थियो ।

कार्यक्रममा मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महत, वडा नं. ६ का अध्यक्ष विमल लामिछाने, वडा नं.२ का वडा अध्यक्ष विकास तिमिल्सिना, पत्रकार समिर मल्ल लगायतको सहभागिता रहेको थियो ।

http://24sanchar.com/2017/11/08/3178/