Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 years ago

1267




मस्तिष्कघात भएका रिजाललाई पर्वत समाज युएईको १ लाख २४ हजार सहयोग (सहयोगदाताको नाम सहित)
मस्तिष्कघात भएका रिजाललाई पर्वत समाज युएईको १ लाख २४ हजार सहयोग (सहयोगदाताको नाम सहित)

मस्तिष्कमा रगत जमेर गम्भीर बिरामी भई उपचारार्थ रहेका पैयुँ गाउँपालिका ४ का किसान रिजाललाई पर्वत समाज युएईले आर्थिक सहयोग गरेको छ ।

काठमाण्डौस्थित न्युरो अस्पतालमा उपचारमा रहेका रिजाललाई पर्वत समाज युएईले एक लाख २३ हजार नौ सय ३५ रुपैयाँ आर्थिक सहयोग गरेको हो । समाजका प्रथम उपाध्यक्ष रामप्रसाद लामिछानेले बिरामीको अवस्था बुझेर पविारलाई रकम हस्तान्तरण गरेका हुन् ।

सामाजिक क्षेत्रमा सक्रिय रिजाल विगत दुई हप्तादेखि उपचाररत रहेका छन् । उनको दुई हप्तासम्म आईसियुमा राखेर उपचार गरिएको थियो । रिजालको उपचार प्रक्रिया निकै महँगो पर्ने भएकाले परिवारले सहयोगको लागि अपिल गरेपछि पर्वत समाज युएईको कल्याणकारी विभागले सहयोग रकम संकलन गर्न तीव्रताका साथ अभियान सञ्चालन गरेको संस्थाका संरक्षक खिमानन्द भुर्तेलले जानकारी दिए ।

 विभिन्न पेशा तथा व्यवसायको सिलसिलामा युएईमा रहेका नेपाली दाजूभाई तथा दिदिबहिनीहरु बाट उक्त रकम संकलन गरेको पर्वत समाज युएईका अध्यक्ष परशुराम पौडेलले जानकारी दिए ।

संस्थाका प्रवक्ता राजु भुर्तेल, अध्यक्ष परशुराम पौडेल, कमल लामिछानेको विशेष सक्रियतामा उक्त रकम संकलन गरिएको हो ।

सहयोगदाताले बिरामीको शिघ्र स्वास्थ्यलाभको कामना गदै आवश्यक थप रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सहयोगदाताको नाम तल छ :