Author
ParbatNepal

Contributor, ParbatNepal

3 years ago

1126




नेपाली मुलका कृष्ण क्षेत्री बेल्जियमको लुभेन नगरपालिका सदस्यमा चयन
नेपाली मुलका कृष्ण क्षेत्री बेल्जियमको लुभेन नगरपालिका सदस्यमा चयन

मध्य युरोपियन देश बेल्जियमको स्थानीय नगरपालिकामा नेपाली मुलका एकजना युबा ब्यबसायी नगरपालिका सदस्य पदमा चयन भएका छन । तीन दशक अघिबाट सुरु भएको नेपालीहरुको बेल्जियम बसाईमा बेल्जियमको सरकारी पदमा प्रतिनिधित्व गर्ने अबसर पाउने पहिलो नेपाली हुन कृष्ण सगुन क्षेत्री । बिगतमा नेपालीहरु संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा चुनाव लडे पनि निर्बाचित हुन सकेका थिएनन ।

नेपालको पर्बत जिल्लाको जलजला गाउपालिकामा जन्मेका क्षेत्री, दस बर्ष नेदरल्यान्डमा बसेर बसाई सराई गरि बिगत छ बर्ष देखि बेल्जियमको लुभेन नगरपालिकामा बस्दै आएका छन । नेपालमा आईए सम्मको औपचारिक शिक्षा लिएका क्षेत्री फ्ल्यान्डरेन क्षेत्रमा बोलिने डच भाषामा राम्रो दख्खल राख्दछन । श्रीमती सगुन केसी , छोरा अभियान र छोरी आर्याना सहित चार जनाको परिवार भएका उनि रेस्तुरेन्ट ब्यबसायी हुन ।

दुई बर्ष अघि भएको स्थानीय निर्वाचनमा बेल्जियमको राष्ट्रबादी पार्टी एनभीआबाट चुनाव लडेका क्षेत्री पार्टीको उम्मेद्वार सुचीमा सातौ नम्बरमा थिए । एनभेआले ४७ सदस्यीय नगरपालिका परिषदमा ११ सिट जितेको थियो । पार्टीले ११ सिट जिते पनि उम्मेद्वार सूचिको सातौ नम्बरमा रहेका क्षेत्री समानुपातिक चयन प्रकृयामा बैकल्पिक १ नम्बरमा परेका थिए । सोसलिस्ट पार्टीहरुको गठबन्धन सरकार रहेको लुभेन नगरपालिकामा एनभेआ प्रमुख प्रतिपक्षीको भूमिकामा छ । उनको पार्टीबाट चुनाव जितेकी तिने एरलिङेनले पद छोडे पछि सातौ नम्बरमा रहेका क्षेत्री स्वत: नगरपालिका सदस्य भएका हुन । आगामी २५ जनवरीमा सपथग्रहण पष्चात औपचारिक रुपमा उनले पदभार ग्रहण गर्ने छन ।

युरोपको प्रसिद्ध क्याथोलिक विश्वाबिद्यालय रहेको लुभेन संसारभरका विद्यार्थीहरुको आकर्षणको केन्द्र हो । करिब २ हजार नेपाली समुदायको बसोबास रहेको ज्ञान , बिज्ञान र कलाको क्षेत्रमा युरोपको केन्द्र मानिने यो शहरमा नेपालीहरुको सामाजिक व्यबहार प्रशंसनीय रहेको स्थानीयबासीले बताउने गरेका छन ।

आफु होरेका ( होटेल रेस्तुरेन्ट र काफे ) ब्यबसायी भएको र साना ब्यबसायीहरुको मर्का बुझेकोले नगरपालिकाको नीति निर्माण तहमा बसेर कोरोना काल पछिको अर्थतन्त्रमा साना ब्यबसायीको हितमा हुने गरी काम गर्ने उनको चाहना छ । आप्रबासीहरु प्रति सधैं सकारात्मक रहेको बेल्जियमको उक्त नगरपालिका र नेपाली समुदायको अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन आफ्नो कार्यकालमा परिणाममुखी भूमिका निभाउने पनि उनको मुख्य लक्ष रहेको छ ।

सम्बन्धित समाचार ( बेल्जियम )
सम्बन्धित समाचार ( प्रवास)