
Contributor, ParbatNepal
5 months ago
442
पर्वत । लामो समयदेखी टाउको र गृगौलाको रोगले ग्रसित पर्वतको फलेवास नगरपालिका–२ थापाठाना स्थायी घर भई हाल कुश्मा नगरपालिका–५ मिलनचोक बस्दै आउनुका भएका गणेश श्रेष्ठको उपचार सहयोगार्थ पर्वत समाज बेल्जियम सहित प्रवासमा रहेका पर्वतेहरुले आर्थिक सहयोग गरेका छन् ।
१२ बर्षदेखी मृगौलाको रोगवाट पीडित बनेका श्रेष्ठको उपचारर्थ रकम अभाव भएपछि प्रवासमा रहेका नेपालीहरुले ८६ हजार १ सय ३१ रुपैयाँ संकलन गरि “गणेश बचाउ अभियान” खातामा जम्मा गरिदिएको पर्वत समाज बेल्जियमका अध्यक्ष भिम जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पर्वत समाज बेल्जियमद्धारा २६ हजार ८ सय ७४ रुपैयाँ, केदर जोशीद्धारा ६ हजार ८ सय ५२, हित्मक
श्रेष्ठ ६ हजार ७ सय १८, सुभाष जोशीद्धारा ४ हजार ३१, दर्शन गुरुङ २ हजार ६ सय ७८, बिराट जोशीद्धारा ६ हजार ७ सय १८, प्रकाश जोशी ४ हजार ३१, राकेश कर्माचार्य ४ हजार ३१, सुजन श्रेष्ठ ४ हजार ३१, किरण पुन ६ हजार ७ सय १८, अर्जुनकुमार श्रेष्ठ ६ हजार ७ सय १८ र भिम जोशी ६ हजार ७ सय १८ सहयोग गर्नुभएको थियो ।
पर्वत नेपाल सँग कुराकानी गदै जोशीले
मृगौला पीडित श्रेष्ठको स्वास्थ्यलाभको कामना गदै उनको उपचारमा सहयोग पु¥याउने उद्देश्यले रकम संकलन गरी जम्मा गरिदिएको बताउनु भयो । उहाँले आगमी दिनमा पनि थप सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको छ ।
उपचारका क्रममा ७५ लाख सकेका श्रेष्ठको उपचारका लागि थप रकम अभाव भएको छ । सहयोग गर्न चाहाने महानुभावहरुले एभेष्ट बैकको खाता नम्वर ०३०००५०१२०३००६ र एनआईसी बैकको खाता नम्वर ७९८७७०७५४५५२४००१ रकम जम्मा गर्न सक्नुहुन्छ ।