Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 months ago

300




पर्वत वेलफेर सोसाइटी यूकेको अध्यक्षमा पुन: नेत्र आले
पर्वत वेलफेर सोसाइटी यूकेको अध्यक्षमा पुन: नेत्र आले

पर्वत । पर्वत वेलफेर सोसाइटी यूकेको अध्यक्षमा नेत्र आले पुन: निर्वाचित हुनुभएको छ । नोवेम्बर ८ आइतबार जूममा  सम्पन्न भएको पर्वत वेलफेर सोसाइटी यूकेको ८ औँ अधिवेशन तथा साधारणसभाले आलेको अध्यक्षतामा २२  सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।


समितिको बरिस्ठ उपाध्यक्षमा विनोद पुरी, उपाध्यक्षमा अप्सरा गुरुङ  र सुरज पौडेल, महासचिवमा प्रकाश न्यौपाने, सचिवमा सरोज केसी र भिमलाल भट्टराई, कोषाध्यक्षमा कुलराज गुरुङ, सह–कोषाध्यक्षमा यम थापा र सन्जय भण्डारी  रहनु भएको छ । त्यस्तै सदस्यहरुमा भिम पुर्जा, नारायण गिरी, राजकुमार गुरुङ (बाबु), होमविक्रम मल्ल, प्रकाश पुन, पार्वती थापा, पार्वती पुन, ध्रुव दत्त, कल्पना गुरुङ, शोभा थापा, चन्दन गुरुङ, शान्ता गुरुङ र लिडिया गुरुङ चयन हुनुभएको छ । नबनिर्बाचित कार्यसमितिलाई निर्बंचन प्रमुख एबम संस्थापक अध्यक्ष हित काजी गुरुङले शपथग्रहण गराउनु भएको थियो।

अध्यक्ष नेत्र आलेको अध्यक्षता सम्पन्न उक्त बैठक कार्यक्रममा सल्लाहकार एवम् संस्थापक अध्यक्ष हित काजी गुरुङ, सल्लाहकार एवम् अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, सल्लाहकार एबम निबर्तमान अध्यक्ष दधि आचार्य , सल्लाहकारहरु ज्ञाम गुरुङ,  मेजर कृष्ण गुरुङ, कुल आचार्य, थर्क राना, धनबहादुर थापा, हरि गुरुङ, कुसाङ्ग गुरुङ र  युवन गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो।


कार्यक्रममा निबर्तमान महासचिवमा भरत पौड्यालले संस्था ले २ वर्ष मा गरेका कार्यहरु को जानकारी गराउनु भएको थियो भने निबर्तमान कोषाध्यक्ष सुरज पौडेलले २ वर्ष को आर्थिक प्रतिबेदन पेस गर्नु भएको थियो। 


कार्यक्रममा पर्वत वेलफेर सोसाइटी यूकेका अध्यक्ष नेत्र आलेले संस्थाले हालसम्म गरेका सामजिक कार्यमाथी प्रकाश पादै दुई बर्षे कार्यकालमा सहयोग गर्नुहुने कार्य समिति सदस्य,सल्लाहकार एवम् सम्पूर्ण वेलायतवासी पर्वते दाजुभाई, दिदिबहिनी एवम् संघसंस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।उक्त कार्यक्रममा स्वागत निर्वतमान उपाध्याक्ष एक पुन र कार्यक्रमको संचालन महासचिव भरत पौडेलले गर्नुभएको थियो ।नवनिर्वाचित अध्यक्ष नेत्र आलेले पर्बत नेपाल डट कमसंग कुरा गर्दै  बेलायतमा भएका सम्पूर्ण पर्बतेलीलाइ समेटेर सम्बृद्ध पर्बतको निर्माणमा लागि सहकार्य गर्ने बताउनु भयो 

na
सम्बन्धित समाचार ( प्रवास)