
Correspondent, ParbatNepal
5 months ago
317

भदौ २, पर्वत । कोभिड १९ रोकथाम ,नियन्त्रण तथा उपचारसम्बन्धी सरकारको केन्द्रीय कोषमा बेलायतमा व्यवसाय गरिरहेका नेपाली व्यवसायी रविजंग लामिछानेले १५ लाख १७ हजार ७२७ रुपैयाँ सहयोग गरेका छन् । पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा जन्मिएका लामिछाने बेलायतका सफल व्यवसायी हुन् । उनी हालै सम्पन्न भएको बेलायतस्थित नेपाली तथा बेलायती व्यवसायीहरु संलग्न यूके–नेपाल व्यापार तथा लगानी मञ्चको बैठकवाट उपाध्याक्षमा मनोनित भएका छन् । सामजिक कार्यमा सक्रिय लामिछाने नेपालका हरेक विपतीमा सहयोग गदै आएका छन् । उनको सहयोग रकम बराबरको चेक सोमबार सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरिएको छ । रक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा रविका दाजु महेन्द्रजंग लामिछाने, प्राध्यापक खड्ग केसी, नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका उपाध्यक्ष महन्त श्रेष्ठलगायतले सो चेक उपप्रधानमन्त्री पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
लामिछानेले प्रधानमन्त्रीलाई पठाएको पत्र समेत उपप्रधानमन्त्री पोखरेललाई हस्तान्तरण गरिएको थियो । लामिछानेले भुकम्प जाँदा पनि २ लाख ५० हजार बराबरको राहात सामग्री नेपाल प्रहरी, नेपाली सेना मार्फत वितरण गरेका थिए भने स्वर्गिय सुशिल कोईराला मार्फत ५१ लाख १७ हजार ७ सय २७ दैविक कोषमा जम्मा गरेका थिए । सिन्धुपाल्चोकका बाढि पहिरो पीडितलाई सिडियो मार्फत ५ लाख ५१ हजार सहयोग गरेका थियो । साथै उहाँले रविचन्द्र ट्रष्ट स्थापना गरि ४० जना अनाथ जेहेन्दार बालबालिकालाई विदेश तथा नेपालका विभिन्न जिल्लाका बोडिङ स्कुल पढाउँदै आएका छन् । उनले स्वदेशमा मात्र होईन विदेशमा पनि थुप्रै सामजिक काम गदै आएका छन् ।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलकु अप्ठयारो स्थितीमा पुग्दा लामिछानेले
सहयोग गरेको स्मरण गरे ।