
Correspondent, ParbatNepal
5 months ago
235
भदौ २, पर्वत । बेलायतस्थित नेपाली तथा बेलायती व्यवसायीहरु संलग्न यूके–नेपाल व्यापार तथा लगानी मञ्चको उपाध्याक्ष र सदस्यमा पर्वतका दुई जना व्यवसायी चयन हुनुभएको छ । पर्वतको मोदी गाउँपालिका–६ तिलाहार जन्मस्थाल भई हाल बेलायतमा बस्दै आउनुभएका सफल व्यवसायी रवीजंग लामिछाने मञ्चको उपाध्याक्षमा चयन हुनुभएको हो । त्यस्तै मञ्चको कार्यकारी सदस्यमा पर्वत जन्मस्थाल भई हाल बेलायतमा बस्दै आउनु भएका सफल व्यवसायी ज्ञाम गुरुङ चयन हुनुभएको हो ।
बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको अगस्ट ५ तारिख बुधबार र १० तारिख सोमबार बसेको बैठकले उहाँहरुलाई उपाध्याक्ष र सदस्यमा चयन गरेको हो । युके–नेपाल व्यापार तथा लगानी मञ्चले बेलायत र नेपालबीच व्यापार, व्यवसाय र लगानीको प्रवर्धन र विकासमा काम गर्ने संस्था हो । उपाध्याक्षमा चयन भएपछि पर्वत नेपाल अनलाईन संग कुराकानी गदै लामिछानेले नेपालमा बेलायती लगानी भित्राउन र बेलायतमा नेपालको व्यापार अभिवृद्धिकालागि काम गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताउनु भयो । कोरोना महामारीका कारण नेपालको अर्थतन्त्रमा प्रभाव पारिरहेको अवस्थामा नेपालमा लगानी भित्राउन यूके–नेपाल व्यापार तथा लगानी मञ्चले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ ।
त्यसै गरि ज्ञाम गुरुङले कार्यकारी सदस्य चयन भएसँगै खुशी व्यक्त गदै यूके–नेपाल व्यापार तथा लगानी मन्च नेपालमा लगानी भित्राउन कोसेढुङगा साबित हुने बताउनु भयो । साथै उहाँले यसको माध्यमवाट नेपालमा व्यक्तिगत र सामुहिक लगानी भित्राउन पहल गर्ने दाबी गर्नुभयो ।