Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

132




गोदाममा सार्वजनीक व्यायम स्थल निर्माण
गोदाममा सार्वजनीक व्यायम स्थल निर्माण

जेठ १६, पर्वत जेठ १६, पर्वत । कुश्मा नगर पालिकाले सार्वजनीक व्यायमशाला निर्माण गर्न लागेको छ । बजारको बाक्लो वस्ती र व्यस्त दैनीकका कारण मानीसहरुले व्याम गर्न सहज बनाउन नगर पालिकाले सार्वजनीक चौरमा व्यायम स्थल निर्माण गर्न लागेको हो । नगर पाकिलाले बजारको खानपानमा शरीरलाई स्वाथ्य राख्न अनीवार्य व्यायम आवश्यक रहेको भन्दै सर्वसाधरणको स्वाथ्यलाई मध्यनजर गर्दै वडा नम्बर ७ को गोदाम चौरमा सार्वजनीक व्यायम स्थल निर्माण गर्न लागेको हो ।

गोदाम चौरको ९ रोपनी क्षेत्रफल रहेको सार्वजनीक चौरलाई उपयोग गरेर व्याम स्थल निर्माण गरिएको छ । अव्यवस्थित रहेको चौरलाई सम्माएर समथर बनाईएको छ । वरिपरि तारजाली लगाएर खुल्लाचौरलाई खेलमैदानको रुपमा विकास गरिँदै छ । एक दर्जन भन्दा बढी सामाग्री सहीत पार्क निर्माण गरेर सार्वजनीक व्यायम स्थल निर्माण गरीन थालिएको छ । भलिवल , किर्केट बल तथा चमच्चा पिङ सहीतको सबै वर्गमा मानीसहरुले उपयोग गर्न सक्ने गरी निर्माण थलिएको नगर पालिकाले जनाएको छ । नगर प्रमुख राम चन्द्र जोशीले बजारमा घर भित्र रहका व्यायम शालामा शुल्क लाग्ने र सर्वसाधरणको पहुँचमा नपुग्ने भन्दै नगर वासी तथा सर्वसाधरणको लागि सार्वजनीक स्थलमा व्यायम स्थल निर्माण गर्न लागिएको बताए ।

नगर पालिकाले दश लाख बजेट खर्चीएर चौरमा व्यायमशाला सहित अन्य पूर्वाधार निर्माण गर्न लागेको जनाएको छ । बजार नजीकैको उच्च भेग गोदाममा रमणीय दृश्य सहीत वनको हरियालीसँगै व्यायम गर्न पाउने भएपछि स्थानीय पनि खुशी देखिन्छन । धौलागिरी मै पहीलो पटक यसरी सरकारी तवरबाट खुल्ला व्यायम स्थल निर्माण भएको हो । बन्दा बन्दीका कारण काम तिब्र गतीमा गर्न नसकीएको निर्माण व्यवसायीले जनाएका छन ।

व्यामशालामा व्यायम सामाग्री जडानको काम भईरहेको छ । यो मैदानलाई खेलमैदानको रुपमा विकास गरिएपनि जारी लकडाउनको बेला भने सबै खेलकुद र व्यायमका कार्यक्रम भने पूर्णत रोक लगाईएको वडाध्यक्ष सुवासचन्द्र पौडेलले बताउनुभयो । उहाँले कुश्माको मात्रै नभई जिल्लाकै गौरवको रुपमा खेलमैदान बिस्तार भैरहेको बताउनुभयो । वडा सदस्य पर्शुराम पुरीले पर्वतमा खेलमैदानको अभावमा खेल गतिविधी सुस्ताएको भन्दै यो खेलमैदान सबै खाले खेल खेल्न योग्य बनेको बताउनुभयो । वडा सदस्य पुरीले लकडाउनको अवधिमा पूर्वाधार निर्माणको काम भैरहेको भन्दै यो बेला मैदानमा आएर काममा अवरोध नगर्न सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ ।

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)