Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 months ago

244




स्विजरल्याण्डको हिमालमा चम्कियो नेपाली झण्डा
स्विजरल्याण्डको हिमालमा चम्कियो नेपाली झण्डा

पर्वत– स्विजरल्याण्ड स्थित हिमाली क्षेत्र जेर्मात नेपालीका माझ प्रसिद्ध स्थान हो । उक्त स्थानमा रहेको माउन्टेन रेस्क्यु स्टेशनले हिमाल क्षेत्रमा आपतकालीन उद्धारका लागि नेपाली पाईलटहरुलाई तालिम पनि दिएको थियो र नेपालको हिमाली क्षेत्रमा हुने आपत विपत उद्दारका लागि सहयोग पनि गर्दै आएको छ । सोही क्षेत्रमा शनिवार स्विजरल्याण्डको जेर्मात स्थित मात्तरहर्न हिमालमा नेपालको झण्डा पनि चम्काउन थालिएको छ । कोरोना भाइरसविरुद्धको लडाइँमा हिमाल जस्तै उच्च मनोबल र प्रकाश जस्तै चम्किलो भएर जित्न सकियोस् भन्ने सन्देश विश्वलाई दिन हिमालमा नेपाली झण्डा सहित चम्किला बत्तीहरु चम्काइएको छ


नेपाली झण्डा राख्दै त्यहाँ नेपालका बारेमा पनि सानो जानकारी राखिएको थियो । त्यहाँ उनीहरुले लेखेका छन, ’नेपाल मित्रवत मान्छेसहितको देश मात्र होइन, विश्वको सबभन्दा अग्लो हिमाल भएको देश पनि हो । त्यसकारण, पहाडी गाउँको रूपमा जेर्मात जोडिएको महसुस भएको छ । एयर जेर्मात र माउन्टेन रेस्क्यु स्टेसनले वर्षौंदेखि पहाडी उद्धार र स्थानीय जनसंख्याको हेरचाहको क्षेत्रमा नेपाललाई सफलतापूर्वक सहयोग प्रदान गर्दै आएको छ । हामी नेपाललाई हाम्रो बलियो एकताबद्धको  सन्देश पठाउँछौं ।’


उक्त हिमालमा सूर्यास्तदेखि मध्यरातसम्म अन्य देशका झण्डाको आकृतिसँगै नेपालको झण्डा पनि देख्न सकिन्छ । स्विजरल्याण्डको जेर्मात जिल्लाले विश्वलाई प्रोत्साहन गर्नेप्रतीकको रुपमा मार्च २४ देखि यस्ता बत्तीहरु चम्काइरहेको छ

सम्बन्धित समाचार ( प्रवास)