Correspondent, ParbatNepal
6 years ago
1423
पर्वत– पर्वतको मोदी गाउँपालिका–१ भुकले ‘लकडाउन’ का कारण दैनिक हातमुख जोर्न समस्या भएका गरिव तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरे सँगै यहाँका विपन्न तथा गरिव परिवार समस्या झेल्दै आएका थिए ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखम न्यूनीकरणका लागि लागू गरेको लकडाउनबाट प्रभावित भएका दैनिक ज्याला मजदुरी गरि हातमुख जोड्ने गरिव तथा विपन्न परिवारलाई राहात स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको भुकका कार्यवाहक वडा अध्यक्ष भुलवहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडामा रहेको अति गरिव तथा विपन्न ४५ परिवारलाई एकद्धार प्रणली मार्फत खाद्यान्न वितरण गरिएकोे पौडेलले बताउनु भयो । उनीहरुलाई एक बोहोरा चामल सहित दाल, नुनतेल लगायतका खाद्यान्न सामग्री वितरण गरेको पौडेलले बताउनु भयो । वडा कार्यालयले जनप्रतिनिधी सहित राजनितिक दलको अगुवामा उनीहरुलाई खाद्यान्न वितरण गरिएको पौडेलको भनाई छ ।
राहात पाएपछि भुकका मैत्ते गुरुङले भन्नुभयो, ‘अन्य समस्यामा मजदुरी गरी जसोतसो गुजारा चलेकै थियो तर अहिले सबै लकडाउन भएकाले मजदुरलाई समस्या माथि समस्या थपिएको छ’, ‘वडा कार्यालयले विपन्न तथा गरिव परिवारलाई खाद्यान्न सामग्री उपलव्ध गराउँदा खुशी लागेको छ ।’उहाँले भन्नुभयो । गुरुङ सहित वडाका मैलौटी कमीनी, भत्ते विक, किसानवहादुर नेपाली घनवहादुर छन्त्याल लगायतका बासिन्दा पनि वडा कार्यालयवाट खाद्यान्न सामग्री पाउँदा खुशी लागेको बताउँछन् ।
यसअघि पनि वडा कार्यालयले कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन वडाका ३५ सय नागरिकलाई निशुल्क मास्कको व्यवस्था गरेको वडा अध्यक्ष पौडेलले बताउनु भयो । गाउँमा कोरोना भाइरस फैलिन नदिन सचेतना कार्यक्रम सँगै मास्क वितरण गरिएको पौडेलले जानकारी दिनुभयो ।
