Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 months ago

110




कुश्मा नगरपालिकाले स्थापना गरेको राहात कोषमा विभिन्न संस्थाको सहयोग
कुश्मा नगरपालिकाले स्थापना गरेको राहात कोषमा विभिन्न संस्थाको सहयोग

चैत्र २१, पर्वत विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको लकडाउनले समस्यामा परेका दैनिक ज्यालादारी गर्ने आर्थिक अवस्था कमजोर भएका परिवारको सहयोगार्थ कुश्मा नगरपालिकामा संचालित विपद व्यवस्थापन कोषमा पर्वतमा क्रियाशिल लायन्स क्लवहरुले खाद्यान्न सहयोग गरेका छन्

पर्वत स्थित वटा लायन्स क्लबहरु, इच्छुक संघसंंस्था, व्यवसायिक प्रतिष्ठान व्यक्तिले समेत स्वतस्फूर्त रुपमा कुश्मा नगरपालिकाले संचालन गरेको खाद्य बैंकमा ३० किलो. तौलको सोना मन्सुली चामल ११० बोरा अर्थात ( हजार ३०० किलो) दाल १० किलो गरी करिब एक लाख पैसठ्ठी हजार रुपैयाबराबरको खाद्यान्न हस्तान्तरण गरेको आज खाद्य बैंकमा आयोजित हस्तान्तरण कार्यक्रममा नगर प्रमुख रामचन्द्र जोशी, उप प्रमुख सिता काफेले लामिछाने कार्यकारी अधिकृत हरी पंगिीनीलाई सबै क्लबहरुका तर्फबाट डिष्ट्रिक्ट कोचिफ एडभाइजर तथा कार्यक्रम संयोजक बसन्तकुमार कर्माचार्यले हस्तान्तरण गर्नुभएको हो त्यसै गरी लायन्स क्लब अन्तर्रा्ष्ट्रिय, डिष्ट्रिक ३२५ बी बाट प्राप्त पि.पि.. सेट पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीलाई हस्तान्तरण गरिएको


कार्यक्रममा वटै क्लबका अध्यक्ष तथा प्रतिनिधी तथा लायन्स डिष्ट्रिक्ट पदाधिकारीको उपस्थिीति रहेको थियो लायन्स पदाधिकारीहरुले संकटको यस घडीमा प्रदान गरीएको यो खाद्यान्नले आवश्यक परेका व्यक्ति तथा परिवारलाई राहत पुग्ने पिपिइ सेटले स्वास्थ्यकर्मीहरुलाई सेवा कार्यमा सहज हुने पुग्ने बताएका छन् पर्वत जिल्लाका लायन्सले पर्वत अस्पतालका लागि तत्काल सेट पोर्टेएवल भेन्टिलेटर मेशिन सहयोगका लागि लायन्स डिष्ट्रिक्ट ३२५ बी मार्फत लायन्स अन्तर्रा्ष्ट्रियमा पहल गरिरहेको क्लष्टर प्रमुख विषमकुमार श्रेष्ठले जानकारी दिनुभयो


उक्त खाद्यान्न सहयोगका लागि लायन्स क्लब अफ शिवालय कुश्मा पर्वतले रु. २५ हजार लायन्स क्लब अफ पर्वत कुश्मा सिटीले रु. २७ हजार, लायन्स क्लब अफ पर्वत मोदिकालीले रु. २५ हजार, कालिगण्डकी एकेडेमी, कुश्माले रु. १० हजार, लायन्स क्लब अफ पर्वत ब्रिजसिटीले रु.१० हजार, लायन्स क्लब अफ पर्वत भुमेकोटले रु. १० हजार, बेल्जियम निवासी ज्ञानेन्द्र कर्माचायले रु.१५ हजार, लायन्स क्लब अफ पर्वत पिस कुश्माले रु. १० हजार, होटल बेन्जु प्रा.लिले रु. १० हजार, लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले १० बोरा चामल १० किलो दाल कुश्मा अर्मादी निवासी समिर जोशीले रु. हजार सय ५५ प्रदान गर्नुभएको थियो

नेकपा कुश्मा नगर कमिटिद्धारा  नगरपालिकालाई नगद ५० हजार सहयोग 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुश्मा नगर कमिटिले कुश्मा नगरपालिकालाई नगद ५० हजार सहयोग हस्तान्तरण गरेको छ । नगर कमिटिका अध्यक्ष शंकर गिरीले कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीलाई नगद ५० हजार सहयोग हस्तान्तरण गरेका हुन । नगरपालिकाले एकद्धार नीति मार्फत कोरोनाका कारण विपद्मा परेका विपन्न परिवारलाई प्रदान गर्ने राहत कोषमा नगरकमिटिले नगद ५० हजार रुपैंया सहयोग गरेको हो । नगरपालिकाले नगरपालिका भित्रका विपन्न परिवारका लागि उक्त रकमबाट खाद्यन्न उपलब्ध गराउनेछ ।कार्यक्रममा नेकपा कुश्मा नगर कमिटिका अध्यक्ष गिरीले विपदका बेलामा गरिब तथा विपन्नहरुलाई आर्थिक सहयोग गर्ने उद्धेश्यले स्थापित कोषमा सक्दो सहयोग गर्न पार्टी कार्यकर्ताहरुलाई आव्हान गर्नुभयो । कार्यक्रममा कुश्मा नगरापलिकाका नगरप्रमुख रामचन्द्र जोशीले संकटको बेला कोहिपनि परिवार भोकै बस्नु नपरोस र आर्थिक अभावमा उपचार वाट बञ्चित हुन नपरोस भनेर यो कोष संचालनमा ल्याईएको बताउँदै स्वत स्फुर्त सहयोग गर्न आव्हान गर्नुभयो । उहाँले नगरपालिकामा संकलित भएको राहत एकद्धार प्रणालीवाट पारदर्शि रुपमा वितरण गरिने बताउँदै संकटको बेला एकजुट हुन पनि नगरवासीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, प्रमुख प्रशासकिय अधिकृत हरि पंगिनी लगायत जनप्रतिनिधिहरु र नेकपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)