Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 months ago

193




कुश्मा नगरपालिका : लकडाउनमा दैनिक ज्यालादारी श्रमिकका परिवारलाई आर्थिक सहयोग
कुश्मा नगरपालिका : लकडाउनमा दैनिक ज्यालादारी श्रमिकका परिवारलाई आर्थिक सहयोग

चैत्र २०, पर्वत । पर्वतको कुश्मा नगरपालिकाले दिनभरी ज्याला मजदूरी गर्ने र दुई छाक टार्न समस्या भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाले हिजोबाट वडा वडाबाट लगत संकलन गरि राहात वितरणको तयारी गरेको हो ।


नगरपालिकाले १४ वटै वडाबाट लगत संकलनको काम भैरहेको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । नगरपालिका भित्र विभिन्न ज्याला मजदूरी गर्ने र खाद्यन्न सकिएका परिवारलाई चामल, दाल, तेल, नून लगायत दैनिक उपभोग्य सामाग्री वितरण गरिने जोशीले बताउनुभयो । आज कार्यपालिकाको बैठक बसेर राहात वितरणका लागि कार्यविधि बनाउने निर्णय गरेको छ ।


नगर कार्यपालिकाको बैठकले प्रकोप व्यवस्थापन कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । नगरपालिकाले स्थापना गर्ने कोषमा जनप्रतिनिधी, कर्मचारी, उद्योगी व्यवसायी र दातृ संस्थालाई आर्थिक सहयोगका लागि आव्हान गरिएको छ । गण्डकी प्रदेश सरकारले दिने भनेको १० लाखमा नगरपालिकाले १५ लाख थपेर राहात वितरण गर्ने कार्यक्रम तय भएको प्रमुख प्रसासकिय अधिकृत हरि पंगेनीले जानकारी दिनुभयो ।


तत्कालका लागि प्रदेश र नगरपालिकाले २५ लाख रुपैयाँ बराबरका सामाग्री वितरण गर्ने र भविष्यमा लकडाउन बढ्यो भने थप सहयोग जुटाईने पंगनीले बताउनुभयो । सचेतनाका कार्यक्रमलाई निरन्तरता दिने कार्यपालिकाले निर्णय गरेको छ ।


कोरोनाको संक्रमण फैलिन नदिन वडाका प्रतिनिधीहरु घरघरै पुगेर जनचेतना जगाईरहेका छन् । लकडाउनमा भैरहेको समस्याहरु पनि तत्काल समाधान गर्ने काममा लागिरहेको कार्यपालिकामा अवगत गराएका छन् ।

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)