Correspondent, ParbatNepal
6 years ago
1639
चैत्र १३, पर्वत । कोरोना भाइरस (कोभिड १९) बाट बच्न कुश्मा नगरपालिका–२ खुर्कोटले निःशुल्क मास्क वितरण गरेको छ । वडाबासीलाई रोगको संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यले १ हजार ५ सय नागरिकलाई निःशुल्क मास्क वितरण गरेको वडा कार्यालयले जनाएको छ ।
बजारमा मास्कको अभाव बढ्दै गएपछि खुर्कोट वडाले आफ्ना नागरिकलाई मास्क खरिद गरेर वितरण गरेको हो । वडा अध्यक्ष यदुनाथ बास्तोला सहित वडा सदस्य शान्ति कुमाल शर्मा, कालिभक्त शर्मा, नेपाली काँग्रेस खुर्कोटका उपसभापति कल्याण सुवेदी र नेपाल विद्यार्थी संघ हिमालय माविका ईकाई सभापति विवेक गिरीले नागरिकको घरघरमा पुगेर माक्स वितरण गरिएको हो ।
यस्तै वडाले आफ्ना नागरिकलाई भिडभाडमा नजान अपिल गर्दै बाहिरबाट भित्रिने नागरिकलाई पनि अनिवार्य मास्क प्रयोग गर्न समेत अनुरोध गरेको छ । बजारमा मास्कको संकट भएकाबेला वडाले वितरण गरेको मास्क अभियान राम्रो भएको स्थानीयले बताएका छन् ।
