खुर्कोट यूवा कलवको साधारणसभा र अधिबेशन सम्पन्न
    6 days ago     12
खुर्कोट यूवा कलवको साधारणसभा र अधिबेशन सम्पन्न

 पुष २७पर्वत- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशीले गैरसरकारी संस्था पूर्ण सामाजिक हुनुपर्ने बताएका छन् । उनले अधिकांश गैरसरकारी संस्थाहरु स्वार्थ केन्द्रीत भएको भन्दै सुध्रार हुनुपर्ने बताए । खुर्कोट युवा क्लबको १० औ अधिवेशन तथा १९ औ साधारण सभाको उद्घाटनमा बोल्दै जोशीले गैरसरकारी संस्थाको स्वार्थ भनेकै राज्यले सेवा दिन नसकेको ठाउँमा गएर सेवा दिने भएको बताए ।

‘जहाँ राज्य पुग्न नसकेको ठाउँ छ, त्यहाँ गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण हुन्छ’ उनले भने–‘सामाजिक परिवर्तनका लागि गैससले राम्रो भुमिका खेलेपनि पछिल्ला समय धेरै गैसस स्वार्थ केन्द्रीत भएका छन ।’ उनले खुर्कोट युवा क्लबले दुई दशकदेखि सामाजिक परिवर्तनका साथै पूर्वाधार निर्माणमा खेलेको भुमिकाको प्रशंसा गरे । उनले आप्ने जन्मभूमि खुर्कोटमा स्थापना भई पर्वत जिल्लामा नै अग्रणी सामाजिक अभियानमा भूमिका खेल्न सफल यस संसथाले आगामी दिनमा अझ सशक्त भई कार्य गर्न नयां नेतृत्व छनौट गरि अगाडी वढ्ने छ । जस्का लागी आपनो तर्फ वाट सहयोग गर्ने वचन दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले पर्वत जिल्ला मानव सुचांकको हिसाबले ११ औ स्थानमा भएका कारण धेरै दातृ निकाय टाढिदै जादा गैससको दिगोपनका लागि नयाँ सोच बनाउनुपर्ने बताए । त्यसै गरि लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादुर क्षेत्रीले,खुर्कोट यूवा क्लव २०५२सालमा स्थापना भएर समाजमा धेरै सकारातमक कामको शूरुआत गरेको छ । जस्ले खुर्कोट लगायत जिल्लामा नै उतकृष्ठ भूमिका खेलेको छ, जुन संस्थामा आफूले धेरै कूरा सिक्न पाएको र आपनो झण्डै ७ वर्ष त्यस संस्थामा काम गरेर विताएको स्मरण गर्दै आगामी दिनमा सवै गैससहरुलाई एकत्रित र संगठित गरि क्षमता विकास गर्न लोकतान्त्रिक गै.स.स.ले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
खुर्कोट युवा क्लबका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा खुर्कोट यूवा क्लबका पूर्वअध्यक्ष गुप्तनिधि शर्मा, कमलराज पौडेल, नेपाल शिक्षक संघ पर्वतका उपाध्यक्ष राधाकुमारी शर्मा, कालिका माविका प्रधानाध्यापक बाबुराम शर्मा लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव सचिनाकुमारी शर्माले गरेकी थिइन् ।
अजै नया नेतृत्व चयन
खुर्कोट यूवा क्लवको आज नै संपन्न १० अधिवेशनले कृष्ण प्रसाद शर्माको अध्यक्षतामा ७ सदस्यीय नया कार्य समिति निर्विरोध चयन गरेको छ । जस्मा सदस्यहरु हरीनारयाण शर्मा,सचिना कूमारी शर्मा,पदम वास्तोला,सारादा कूमारी शर्मा,प्रकाश वास्तोला र कमल अर्याल रहेका छन् । सदस्यहरुको कार्य विभाजन र तथा २ जना सदस्यको मनोनयन पछि हुने कार्य समिति वैठक वाट गरि कार्य समितिको पूर्णता दिने कुरा संस्थाका नवनिर्वाचित अध्यक्ष कृष्ण प्रशाद शर्माले जानकारी दिए ।


उक्त साधारण सभा तथा अधिवेनले ३० लाखको चालू आ.व. ०७४्\०७५ को निति तथा कार्यक्रम पारीत गरेको छ ।

sabaikoonline