Correspondent, ParbatNepal
7 years ago
2221
अन्तराष्ट्रिय पर्वत समाजको आयोजना तथा पर्वत समाज यूएईको संयोजकमा यूएईमा हुन लागेको बृहत भेला तथा साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । आजवाट शुरु हुने कार्यक्र दुई दिनसम्म संचालन हुने छ । कार्यक्रममा अन्तराष्ट्रिय पर्वत समाज र स्थानीय तहसँगको समन्वयमा छलफल गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक हितकाजी गुरुङ, गैह नेपाली संघका केन्द्रिय उपाध्याक्ष कुल आचार्य, अर्जुनकुमार श्रेष्ठ, सुवास
जोशी, गोविन्द सुवेदी, मोहन शर्मा,अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार सुरेन्द्र भुषाल,कृष्ण तिवारी,ठाकुरप्रसाद शर्मा, गोपीकृष्ण भुषाल,बालकृष्ण भुषाल, बालकृष्ण अधिकारी, गोविन्द्रप्रसाद गौत्तम,फलेवास नगरपालिका मेयर पदमपाणि शर्मा,कुश्मा नगरपालिका उपमेयर सिता काफ्ले लामिछाने,जलजला गाउँपालिकाका उपाध्याक्ष ः सिमा पुन गर्जुवा,जलजला गाउँपालिका–८ नाग्लिवाङका वडाध्यक्ष विकास पुन, मोदी गाउँपालिका–५ का वडाध्यक्ष बिमल लामिछाने,मोहन गुरुङ लगायतको उपस्थिती रहने छ । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार विमलराज क्षेत्री, कुलेन्द्र विश्वकर्मा, कृष्ण समिप सुवेदी, सुश्मा लोहनी लगाएतका कलाकारको बेजोड साँस्कृतिक प्रस्तुती रहने छ । त्यस्तै अन्तरास्ट्रिय पर्बत समाजका सदस्य सस्था ९ र प्रतिनिधि सस्था १४ गरि २३ देशका पर्वतेहरुका साथै संस्थाका केन्द्रिय संरक्षक, सल्लाहकार र केन्द्रिय समितिको उल्लेखय उपस्थिति रहने बताइएको छ । साथै नेपालबाट जनप्रतिनिधी, व्यवसायी, पत्रकार लगायत पञ्चासे परियोजनाको टिमको समेत सहभागिता छ ।
अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज यूएईको संयोजनमा दुवईमा हुने भेलाको सबै जानकारी पर्बतनेपाल डट कम को वेबसाइट र फेसबुक पेजबाट प्रत्यक्ष प्रसरण गर्ने भएको छ । युएईमा भेला भएका सबै पर्वत संग सम्बन्धित व्याक्तिहरुको अन्तरवार्ता समेत प्रसारण गर्ने पनि जनाइएको छ ।
फेब्रुअरी २८ र मार्च १ तारिख को दिन दुवईमा हुने बृहत भेला र सांस्कृतिक कार्यक्रममा विश्वभरि रहेका पर्वतेहरु भेलामा सहभागी भएका छन् ।
