Correspondent, ParbatNepal
7 years ago
2086
फागुन १५ पर्वत । अन्तराष्ट्रिय पर्वत समाजको आयोजना तथा पर्वत समाज यूएईको संयोजनमा यूएईमा हुन लागेको बृहत भेलामा सहभागी हुन नेपाली प्रतिनिधी मण्डल यूएई पुगेको छ । पर्वतबाट राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधीहरु, कलाकार र पत्रकारको टोली यूएई पुगेको हो ।
पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी,नेकपाका नेता गोबिन्द पहाडी, जललजला गाउँपालिका ८ नाग्लीवाङका वडाध्यक्ष हरिविकास जिसी, मोदी ६ का वडाध्यक्ष विमल लामिछाने,लोकगायक बिमलराज क्षेत्री, कृष्ण समिप सुबेदी, बिद्यार्थी नेता आरसी पौडेल, यूवा व्यवसायी विप्लव हमाल, पर्वत सेवा समाज नेपालकी प्रतिनिधी मुना भुसाल, पत्रकार साजन परियार सहितको एक दर्जन प्रतिनिधी दुवई अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
नेपालबाट आउने प्रतिनीधिहरुलाई पर्वत समाज यूएइका अध्यक्ष पर्शुराम पौडेल सहितका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गर्नुभएको छ । फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्मा सहितको टोली भोली सम्म दुवई जाने जनाइएको छ ।
