Correspondent, ParbatNepal
7 years ago
2245
अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत सेवा समाज यूएईको संयोजन तथा व्यवस्थापनमा फेब्रवरी २८ गतेदेखी मार्च १ गतेसम्म बृहत भेला तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संसारभरी छरिएर रहेका पवतेहरुको उपस्थिती हुने छ । कार्यक्रममा पर्वतवाट निर्वाचित जनप्रतिनिधीहरुको पनि उपस्तिथी हुने छ । विशेष गरि पर्वत जिल्लाको विकास र समृद्धिमा प्रवासीहरुको भूमिका विषयमा बृहत छलफल गरिने आयोजकले जनाएको छ । कार्यक्रममा विषयमा आज हामीले पर्वत सेवा समाज दुवईका अध्यक्ष परशुराम पौडेलसँग कुराकानी गरेका छौँ ।
कार्यक्रमको तयारी कहाँ पुग्यो
कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नको लागि हाम्रो सम्पूर्ण टिम दिनरात नभनि खटेका छौँ । हामीले कार्यक्रमको तयारी लगभग पुरा गरेका छौँ । हामी यो कार्यक्रमको दौरानमा अहिलेपनि लागेका छौँ । निमन्त्रणा गर्नुपर्ने सबैलाई पत्रमार्फत, फोन मार्फत र मौखिक रुपमा निमन्त्रणा ग¥यौँ । भिषाको प्रक्रिया पनि सकियो । कार्यक्रमको एजेण्डाका बारेमा प्रवुद्ध व्यक्तिहरु संग सुझाव पनि लियौँ । दिनदिनै हामीले अझै सके सम्म सबै क्षेत्रको सहभागिता होस भनेर खोजी खोजी फोन गरेका छौँ । हामीले कार्यक्रमलाई सफल बनाउन गर्नुपर्ने तयारीहरु लगभग सकेका छौँ ।
कार्यक्रममा कस्ता व्यक्तिलाई समेट्दै हुनुहुन्छ ।
यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य पर्वत जिल्लाको विकास र समृद्धिमा प्रवासी पर्वतेको भूमिका लगायत पवतेहरु विच एकता र सहकार्य होस् भन्ने नै हो । यो कार्यक्रमले पर्वत जिल्लाको विकास र समृद्धि सँग जोडिएकाले पनि हामीले पर्वत जिल्लामा जन्मिएर रोजगार, अध्ययन र विभिन्न शिलशिलामा देश बाहिर रहेको पर्वतेहरुलाई समेट्न प्रयास गरेका छौँ । त्यति मात्र होईन हामीले पर्वत जिल्लाका जनप्रतिनिधी, पर्वते कलाकार, पत्रकार लगायत विभिन्न संघसंस्थामा आबद्ध एवम् सामजिक अभियान्ताहरुलाई कार्यक्रमा समेट्ने प्रयास गरेका छौँ ।
कार्यक्रमको मुख्य उद्देश्य के हो ।
यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भनेको पर्वत जिल्लाको विकास र समृद्धिमा टेवा पु¥याउने नै हो । हामीले यहि लक्ष्यका साथ कार्यक्रमको आयोजना गरेका हौँ । कार्यक्रम मार्फत पर्वत जिल्लाको विकास र समृद्धिमा प्रवासी पर्वतेहरुको भूमिका र उनीहरुलाई जन्मभूमि प्रतिदायित्व बोध गराउन पनि यो कार्यक्रमले महत्वपूर्ण टेवा पु¥याउने मैले विश्वास लिएको छुु । एकतामा ठुलो बल हुन्छ भन्ने मुल नारालाई आत्मसाथ गदै हामी अगडी बढेका छौँ । कार्यक्रमले विशेष गरि एकताको सन्देश दिने छ । पर्वतको विकासमा तपाई हामी सबै एक भएर अगडी बढ्नु आवश्यक छ । साथै यस कार्यक्रमले पर्वतेहरु विच एकता, सहकार्य, मित्रता, दायित्व र भावनालाई एकिकृत गरि जिल्लाको विकास र समृद्धिमा टेवा पु¥याउने नै हो ।
कार्यक्रमले दुवईमा रहेका पवतेहरुलाई र
पर्वत जिल्लालाई के फाईदा पुग्छ ।
नेपालको चौथो सानो जिल्लाका रुपमा पर्वतलाई लिइन्छ । पर्वते दाजुभाई दिदिवहिनीहरु संसारभरि छरिएर रहनु भएको छ । रोजगार, व्यवसाय र अध्ययनको शिलशिलमा पवतेहरु संसारभरि छन् । कार्यक्रममा दुवई मात्र होईन अन्य देशमा रहेका पर्वतेहरुको अवस्था के छ, उनीहरुका समस्या र समधानका विषयमा छलफल गरिने छ । साथै पर्वत जिल्लामा विकासमा पर्वतेहरुको भूमिका र दायित्वका विषयमा छलफल गरिने छ । कार्यक्रममा प्रवासी पर्वते लगायत जिल्लाका जनप्रतिनिधीहरुको उपस्थिती हुने भएकाले पनि कार्यक्रमले सवैलाई फाईदा पुग्ने अपेक्षा लिईएको छ ।
संस्थाका आगमी रणनिति के छन् ।
हामीले धेरै काम गर्न बाँकी छ । अहिले हामी बामे सदै छौँ । आफु जन्मिएको ठाउँको महत्व देश बाहिर हुँदा थाहा पाईदो रैछ । पर्वत जिल्लाको विकास र समृद्धिमा सवैको दायित्व हो त्यो दायित्वलाई बोध गर्नु र गराउने हाम्रो पनि दायित्व हो । संस्थाका आगमी रणनिति पर्वत जिल्लाको समृद्धि सँग जोडिएको छ ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
सर्वप्रथम मेरो सानो विचार यस अनलाईन मार्फत सम्पूर्ण पर्वतवासी माझजोड्नुभएकोमा हजुर लगायत सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्दछु । साथै अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत सेवा समाज यूएईको संयोजन तथा व्यवस्थापनमा फेबु्रवरी २८ गतेदेखी मार्च १ गतेसम्म बृहत भेला तथा साँस्कृतिक कार्यक्रममा यहाँहरुलाई निमन्त्रण गर्दछु । साथै जिल्लाको विकास र समृद्धिमा सवैले आ–आफ्नो ठाउँवाट सहयोग गरौँ भन्न चाहान्छु । जय पर्वत ।।
