
Correspondent, ParbatNepal
2 years ago
1312

पर्वत
। पर्वत वेलफेर सोसाइटी यूकेको अध्यक्षमा नेत्र आले निर्वाचित हुनुभएको छ । डिसेम्वर
१६ मा अल्डरसटको एम्पायर हलमा सम्पन्न भएको पर्वत वेलफेर सोसाइटी यूकेको ७ औँ अधिवेशन
तथा साधारणसभाले आलेको अध्यक्षतामा १८ सदस्यीय
नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको बरिस्ठ उपाध्यक्षमा विनोद पुरी, एक बहादुर पुन र सन्जीव गुरुङ, महासचिवमा भरत पौड्याल, सह–सचिवमा प्रकाश न्यौपाने, कोषाध्यक्षमा सुरज पौडेल, सह–कोषाध्यक्षमा बासुदेव पौडेल रहनु भएको छ । त्यस्तै सदस्यहरुमा हिमलाल भट्टाराई, अप्सरा गुरुङ, धुव्र दत्त, संञ्जय भण्डारी, बाबुराम भुषाल, अंग गर्बुजा, गंगा खोर्जा, यामवहादुर थापा, भिम पुर्जा, मेखवहादुर पुन र नारायण गिरी चयन हुनुभएको छ ।
निबर्तमान
अध्यक्ष दधि आचार्य को अध्यक्षता सम्पन्न उक्त बैठक कार्यक्रममा सल्लाहकार एवम् संस्थापक
अध्यक्ष हितकाजी गुरुङ, सल्लाहकार एवम् अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरान गिरी, सल्लाहकार एवम् पूर्व अध्यक्ष नरजंग गुरुङ, सल्लाहकार
तथा तमुधि यूकेका अध्यक्ष ज्ञान गुरुङ, सल्लाहकार तथा पोखे्रली मन्चका अध्यक्ष मानप्रसाद
गुरुङ, सल्लाहकार एवम् चारभञ्जाङ तमु समाजका अध्यक्ष मेजर कृष्ण गुरुङ, सल्लाहकार एवम्
पैयुखोला मगर समाजका अध्यक्ष धनवहादुर थापा, पर्वत समाज हङकङका उपाध्याक्ष भिमवहादुर
गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम सफलताको लागि गैर आवसिय नेपाल संघका केन्द्रिय उपाध्याक्ष कुल आचार्य, पर्वत समाज समाज बेल्जियामका अध्यक्ष तथा अन्तरािष्ट्रय पर्वत समाजका उपाध्याक्ष झलक केसी, अताष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्मा, पर्वत समाज जापानका अध्यक्ष तथा अन्तराष्ट्रिय पर्वत समाजका सचिव सुजन जोशी, पर्वत समाज हङकङकका अध्यक्ष दुर्गा गुरुङ‘मिलन’, पर्वत समाज नेदरल्याण्डका अध्यक्ष नरवहादुर रोका लगायतले शुभकामना सन्देश पठाउनु भएको थियो।
सो
कार्यक्रममा हालै तमुधिमा निर्वाचित उपाध्याक्ष हितकाजी गुरुङ, सदस्यमा निर्वाचित युवन
गुरुङ, हङकङवाट आउनु भएका भिम गुरुङ र नेपालवाट आउनु भएका डिल्लीराम शर्मालाई सम्मान
गरिएको थियो। कार्यक्रममा निबर्तमान महासचिवमा भरत पौड्याल ले संस्था ले २ वर्ष मा
गरेका कार्यहरु को जानकारी गराउनु भएको थियो भने निबर्तमान कोषाध्यक्ष नेत्र आलेले
२ वर्ष को आर्थिक प्रतिबेदन पेस गर्नु भएको थियो।
कार्यक्रममा
पर्वत वेलफेर सोसाइटी यूकेका निर्वतमान अध्यक्ष दधि आचार्यले संस्थाले हालसम्म गरेका
सामजिक कार्यमाथी प्रकाश पादै दुई बर्षे कार्यकालमा सहयोग गर्नुहुने कार्य समिति सदस्य,सल्लाहकार
एवम् सम्पूर्ण वेलायतवासी पर्वते दाजुभाई, दिदिबहिनी एवम् संघसंस्थालाई धन्यवाद व्यक्त
गर्नुभयो ।
उक्त कार्यक्रममा पुर्व अध्यक्ष रस बहादुर गुरुङ, सल्लाहकार नारायण प्रसाद गुरुङ, हरिकुमार गुरुङ, हिरासिँह गुरुङ, रामसिँह घले र चित्रवहादुर गुरुङ लगायत संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।