समृद्ध पर्वतको लागि एक करोडको परोपकारी अक्षयकोष घोषणा
    5 months ago     538
समृद्ध पर्वतको लागि एक करोडको परोपकारी अक्षयकोष घोषणा

विशन क्षेत्री

कास्की, पौष १४

अन्तराष्ट्रिय पर्वत समाजको विशेष बैठकले एक करोडको परोपकारी अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । डिसेम्बर २७ मा बेल्जियमस्थित बसेको समाजको उक्त बैठकले ‘समृद्ध पर्वत निर्माण हाम्रो अभियान’ भन्ने नारा सहित आगामी दुई वर्षभित्र एक करोड संकलन गर्ने निर्णय गरेको हो ।

‘यो नितान्त पर्वतको मात्र सेवा गर्ने संस्था हो, हामीले विश्वभरि छरिएका नेपालीहरुलाई संगठित गरेर समृद्ध पर्वत बनाउने अभियानमा लागेका छौँ,’ अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरण गिरीले भने, ‘समृद्ध पर्वतको लागि अक्षकोष स्थापना गर्ने निर्णय भएको छ, यसको लागि हामीले बेलायतमा जुन ३ मा च्यारिटी कार्यक्रमको आयोजना गरेका छौँ ।’ उक्त रकमको हामीले कुनै पनि क्षेत्रमा लगानी गर्नेछौँ । यसबाट जिल्लामा लगानी पनि हुन्छ भने जिल्लावासीले पनि रोजगार पाउनेछन् । गिरीले भने ।

तत्काल रकम संकलनका लागि च्यारिटी कार्यक्रम गर्ने र एक करोड संकलन भएपश्चात पर्वत जिल्लाभित्रको कुनै एक क्षेत्रमा उक्त रकम लगानी गर्ने योजना रहेको उनले बताए । ‘फरक फरक देशले काम गर्दा कसैलाई दुई पटक त कसैलाई एकपटक पनि नपुग्ने भएको हुँदा हामीले यो अवधारणा ल्याएर समाज गठन गरेका हौँ । पर्वतेलीले जन्मस्थानको लागि आफ्नो पसिनाको कमाई सहयोग गर्दा पनि संगठित तरिकाले गरौँ भन्ने हाम्रो चाहना हो ।’ उनको भनाई थियो ।

‘तत्कालीन आवश्यकता अनुसार आर्थिक, भौतिक तथा मानवीयता सहयोग हुन सक्छ,’ गिरीले भने, ‘दुई वर्षभित्र पर्वतको कुनै ठाउँमा कार्यक्रम आयोजना गर्नेछौँ ।’ त्यतिबेला नै पर्वतमा पहिलोपटक अन्तराष्ट्रिय सम्मेलन समेत गर्ने उनले बताए । संकलित रकम लगानी सम्भाव्यता अध्ययनको लागि एनआरएन उपाध्यक्ष कुल आचार्य र अन्तराष्ट्रिय पर्वत समाजले संयुक्त अध्ययन गर्ने जनाईएको छ ।


समितिका अध्यक्ष पुरन गिरीको अध्यक्षता र गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यको प्रमुख आथित्यमा सम्पन्न उक्त बैठकमा गैरआवासीय नेपाली संघका युरोप सह संयोजक एकराज गिरि, गैरआवासीय नेपाली संघ मानार्थ सदस्य, गैरआवासीय नेपाली संघको नेदरल्याण्ड, डेनमार्क र स्वीडेनका राष्ट्रियसमिति अध्यक्षहरु लगायत पर्बत समाजमा आवद्दपदाधिकारी साथै अन्य क्षेत्रमा सक्रीय समाजसेविहरुको गरिमामय उपस्तिथि रहेको थियो । उक्त बैठकमा समाजका अग्रज सन्तोष जोशी सुभाषले प्रस्ताव गरेको एक करोडको परोपकारी कोषको घोषणाको प्रस्तावलाई सर्वसम्मतिले पास गर्ने निर्णयगर्दै त्यो कोष आगामी ६ महिना भित्र पुरा गर्ने र प्रमुखलक्ष्य जुनमा हुने च्यारिटी कार्यक्रमलाई बनाउने र यसकालागि समाजका सबै सक्रिय रुपमा लाग्ने निर्णय गरेको र यो रकमलाई कसरि कहा परीचालन गर्ने भन्नेसम्वन्धमा समितिका अग्रज, पर्वत घर भई विभिन्न महत्वपुर्ण क्षेत्रमा कार्यरत व्यक्तित्वलाई अनुरोध गरिएक उच्च स्तरीय समिति बनाई त्यसले दिएको प्रतिवेदन वा सुझाव अनुसार गर्ने निर्णय गरिएको समितिका अध्यक्ष पुरन गिरिले जानकारी दि ।

बैठकमा गैर आवासीय नेपालि संघमा केन्द्र र रास्ट्रिय समितिमा नेतृत्व गर्नु भएका पर्वेतेली, आफु बसेको देशमा विभिन्न संघ संस्थामा नेतृत्व गर्नु भएकापर्वेतेली,विभिन्न देशका पर्वत समाजका अध्यक्ष र प्रतिनिधिहरु साथै अग्रज हरु सबैले अन्तराष्ट्रिय पर्वतसमाज सग मिलि (सबै मिलि) पर्वत जिल्लाको कुनैठाउमा समाजले दुई वर्ष पछि गर्ने भनेको विश्व सम्मेलनअगावै दिर्घकालिन रुपमा लाभान्वित हुने कुनै एकयोजना गर्ने प्रतिवद्दता जाहेर गरिएको थियो ।

संस्थाका भाबी कार्ययोजना, विधान समितिका सदस्य कृष्ण तिवारीले प्रस्तुत गरेको पर्वत समाजको बिधान लगायत अन्य महत्त्वपुर्ण कुरामा गम्भीर छलफलसमेत गरि निर्णय गरिएको उक्त बृहत बैठकको संचालन गुणराज शर्मा र स्वागत व्यवस्थापन समितिका संयोजक श्री प्रसाद गुरुङले गरेका थिए ।

बैठक पछी अग्रेजी नया वर्षको उपलक्ष्यमाशुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो| बेल्जियमका लागि नेपाली राजदुत महामहिम लोकबहादुर थापाको प्रमुख आथित्यमा सम्पन्न उक्तकार्यक्रममा विशेष अथितीमा गैर आवासीय नेपालीसंघका उपाध्यक्ष कुल आचार्य लगायत सचिव जानकीगुरुङ, युरोप संयोजक, सह संयोजक, गैरआवासीय नेपाली संघका मानार्थ सदस्य गोविन्द सुबेदी ,गैरआवासीय नेपाली संघका आईसीसीसदस्यहरु, बेल्जियम नेदरल्याण्ड, डेनमार्क र स्वीडेनकाराष्ट्रिय समितिका अध्यक्षहरु लगायत पर्बत समाजमा आवद्द पदाधिकारी साथै अन्य क्षेत्रमा सक्रीयस माजसेविहरुको गरिमामय उपस्तिथि रहेको थियो ।

प्रमुख अथिति महामहिम लोक बहादुर थापाले आफ्नो मन्तब्य राख्दै पर्वतमा दीर्घकालीन योजनामालगानी गर्न एनआरएन र अन्तराष्ट्रिय पर्वत समाज संयुक्त रुपमा जानको लागि सुझाव दिएका थिए भने अन्य बक्ताहरुले पर्वत जिल्ला भित्र मात्र सिमित नभईसमग्र नेपालको निर्माणमा लाग्न अनुरोध गर्दै संस्थाको प्रगतिको शुभकामना दिएका थिए ।

कार्यक्रमको आकर्षण रहेको नेपाली राष्ट्रिय कलाकार नर बहादुर बि सि र बसन्त थापाको प्रस्तुतिलेमाहोल तताएको थियो उहाहरुलाई साथ् दिदै उपस्थितसबै मन खोलेर नाचेका थिए । पर्वत समाजका अध्यक्ष झलक केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन समाजका महासचिव दिपक पोख्रेल र स्वागतसमाजका सदस्य अमृत पौडेलले गरेका थिए । कार्यक्रमको अन्तमा अन्तराष्ट्रिय पर्बत समाजले कार्यव्यस्तताको वावजुद कार्यक्रमलाई सफल पार्नकोलागि लाग्नु हुने पर्बत समाज बेल्जियमका सम्पूर्णपरिवार लगायत समस्त अग्रज विज्ञ एवं सम्पुर्ण समाजसेविहरुलाई धन्यवाद ज्ञापन गरेको थियो ।

एक करोडको परोपकारी कोषका लागि जुन ३ मालन्डनमा च्यारिटी कार्यक्रम हुने

समाजले घोषणा गरेको एक करोडको परोपकारीकोषका लागि आगामी जुन ३ तारिखका दिन युकेकोलन्डनमा एक च्यारिटी कार्यक्रमको आयोजना गरिनेभएको छ । उक्त कार्यक्रम सम्पन्न गर्नका लागि समाजका अग्रज हितकाजी गुरुङ संयोजक र जगन गुरुङ सदस्यसचिव रहेको आयोजक समिति गठन गरिएको समितिका महासचिव गुणराज शर्माले जानकारी दि। उक्त च्यारिटी कार्यक्रममा संसार भरिका पर्वतसमाजका अभियान्ता, अग्रज लगायतको उपस्थिति रहने जनाईएको छ ।

na
सम्बन्धित समाचार (जिल्ला )