
Correspondent, ParbatNepal
7 years ago
2273

पर्बत समाज स्पेन को आज २४ डिसेम्बर २०१७ मा भएको प्रथम अधिबेशन मा ओमर बहादुर गुरुङ निर्बाचित हुनु भएको छ। बार्सेलोना को होला नेपाल रेस्टुरा मा भएको सो अधिबेशन ले उपाध्यक्ष मा क्रमश सन्तोष पौडेल र श्रीमती बिनु गुरुङ लाइ चुनेको छ।
त्यसैगरी महासचिब मा अनन्त लामिछाने र सचिब मा उमेश पुरी लाइ चयन गरेको छ। कोषाध्यक्षमा श्रीमती अन्जु तिमिल्सिना निर्बाचित हुनु भएको छ।
यस्तै कार्यसमिति सदस्यहरुमा राजेश रेग्मी, मुक्ति प्रसाद श्रेष्ठ, अस्मिता सिग्देल , सावित्रा भुसाल,शिव प्रसाद पौडेल,अशोक गुरुङ र मानबिर पुन रहेका छन्। पर्वतबाट विभिन्न कामको सिलसिलामा स्पेन गएका सम्पूर्ण पर्वतेलीलाइ एकजुट गर्ने उदेश्य ले सो समाज को स्थापना भएको थियो।
करिब ६० जनाको उपस्थिति रहेको उक्त कार्यकम एन आर एन आइ सी सी सदस्य तथा संगठनकी सल्लाहकार सितल भुर्तेल भुसालको प्रमुख अथित्यता सम्पन्न भएको थियो। नेपाली जनप्रगतिसिल मन्च युरोपका महासचिब गंगा प्रसाद भुसाल , जनसम्पर्क समितिका अध्यक्ष इन्द्र सर्मा , एन आर एन स्पेनका महासचिब कृष्ण भुसाल , प्रबासी मन्चका महासचिब दिनेस रेग्मी , नेपाली जनप्रगतिसिल मन्चका महासचिब असोक किरण न्यौपानेको पनि उपस्थिति थियो।
पर्बत समाजबाट भलिबल खेलेर प्रथम सिल उठाउने टिमलाइ सम्मान र आइ सी सी सदस्यमा मनोनित हुनु भएकोमा संगठनकी सल्लाहकार सितल भुर्तेल भुसाललाइ खादा लगाइ सम्मान सहित बधाइ तथा कार्यकाल सफलताको शुभकामना प्रकट गरिएको थियो साथै नयॉ बर्षको शुभकामना आदान प्रदान गरिएको थियो ।