पर्वत युवासेवा समाज कतारको मासिक बैठक सम्पन्न
admin     7 months ago     146
पर्वत युवासेवा समाज कतारको मासिक बैठक सम्पन्न

मिती ०८ डिसेम्बर,२०१७ शुक्रबार का दिन दोहा स्थित मुन्ताज़ा पार्कमा यस पर्वत युवासेवा समाज कतारको मासिक/नियमित नवौं (९)बैठक संस्थाका अध्यक्ष श्री चिन्तामणि पौडेल ज्यु को अध्यक्षतामा सम्पन्न गरियो !

उक्त बैठकमा संस्थाको नियमित तथा बिभिन्न प्रस्तावहरुमा छलफल गर्दै पर्वत जिल्ला, कुनपा चुवाका श्री थमन बिक ज्युको दुवै मिर्गुला फेल भएको र उहाको पारिवारिक आर्थिक अवस्था कमजोर भएको कारण पर्वत युवासेवा समाज कतार परिवारका सम्पूर्ण सदस्यहरुले आफुले सक्दो रकम सहयोग उठाउनु भएको थियो र सो रकम सस्थाका अध्यक्ष श्री चिन्तामणि पौडेल ज्यु लाई हस्तान्तरण गरि सहयोग रकम सम्बन्धीत व्यक्ति सम्म छिटो भन्दा छिटो बुझाई सस्थामा अवगत गराऊन पनि अनुरोध गरेको छ /यसै गरि अन्य प्रस्तावहरुमा छलफल जारी गर्दै समाज सेवा अभियान-रुपन्देही कतारको येही आउदो २२ डिसेम्बर २०१७ का दिन हुन् गइरहेको अधिबेशनमा पर्वत युवासेवा समाज कतार परिवारका सम्पूर्ण परिवारलाई उपस्थित हुनको लागि सस्थाका अध्यक्ष श्री चिन्तामणि पौडेल ज्युले बिनम्र अनुरोध पनि गर्नु भएको थियो/

अन्य बिबिध प्रस्ताबहरुमा छलफल गर्दै- पर्वत युवा सेवा समाजका संरक्षक श्री छबिलाल भट्टराई ज्युको सफल बैबाहिक जीवनको १२ औ वार्षिकोत्सव लाई सस्थाका अध्यक्ष श्री चिन्तामणि पौडेल ज्यु ले सस्थाको तर्फबाट शुभ-कामना प्रदान गर्नु भएको थियो साथै खोटांग सेवा समाजको चिठा सहयोग लाई सस्था सस्था अन्तर्गत सहयोग गर्ने निर्यण पनि भयो र सस्थागत साथीहरु मार्फत पर्वत परिवारलाई मेलजुल अथवा भेटघाट कार्यक्रम सम्बन्धी पिकनिक कार्यक्रमलाई सम्पूर्ण सस्था परिवार सग सर-सल्लाह गरि अगाडी बढ्ने कुरामा पनि छलफल भयो/

अन्त्यमा पन्चधाम, पन्चकोशी तिर्थस्थल -पन्चासेमा हालसाल बलाचातुरदर्शीको दिन भएको बस दुर्घटनामा परि स्वर्ग बास गर्नु भएको स्वर्गिय गुरुङ प्रति मौन धारणा राख्दै भविष्यमामा एस्तो दुर्घटना फेरी नदोहोरिस भनि श्री सिद्धबराह बाबा सग प्राथना राखी अन्य घाइते जनहरुमा शिघ्र स्वस्थ लाभको कामना राखेको जानकारी गराऊछौ/धन्यबाद ! 

भबदिय,

रघु नाथ शर्मा

सचिब- पर्वत युवा सेवा समाज कतार परिवार

जय पर्वत, हाम्रो पर्वत, राम्रो पर्वत !

https://www.facebook.com/ParbataYuvaSevaSamajaKatara/posts/1120430861421644