बिद्यालयको शैक्षिक बिकासमा कतार बस्ने प्रबासीको सहयोग
adminBharat     1 year ago     106
बिद्यालयको शैक्षिक बिकासमा कतार बस्ने प्रबासीको सहयोग

पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थर डाडाँखर्कस्थित शुभकल्याण निम्न माध्यामिक बिद्यालयलाई कतारमा बस्ने प्रबाशीहरुले आर्थिक सहयोग गरेका छन ।
बिद्यालयको शैक्षिक र भौतिक बिकासका लागि आर्थर डाडाँखर्क समाज कतारले ५० हजार रुपैया आर्थिक सहयोग गरेको हो ।
बिद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्नका लागि समाजले उक्त रकम सहयोग गरेको हो । समाजका सचिब लेखनाथ रिमाल र सल्लाहकारहरु हिमलाल शर्मा र काजी गुरुङ्गले बिद्यालयलाई एक समारोहका बिच सहयोग रकम बिहीवार हस्तान्तरण गरेका छन । बिद्यालयको शैक्षिक र भौतिक बिकासका लागि समाजका सदस्यहरुले रकम संकलन गरेर सहयोग गर्दै आएको सचिब लेखनाथ रिमालले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा कुस्मा नगरपालिका वडा नं १४ का वडा अध्यक्ष भिमप्रसाद गुरुङ्गले बिदेशमा रहेर पनि समाजको बिकास र शैक्षिक क्षेत्रमा कतार समाजले गर्दै आएको सहयोग उदाहरणीय भएको बताउनुभयो ।
बिद्यालय ब्यबस्थापन समितिका जेष्ठ सदस्य पुरुषोत्तम रिमालको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी तथा नेकपा(एमाले) नगरकमिटीका अध्यक्ष याम गुरुङ्गले आफ्नो गाउँको समाज सुधारका लागि सहयोगलाई बढाउँदै जान आग्रह गर्नुभयो । समाजका सल्लाहकार हिमलाल शर्माले आगामी दिनमा पनि यस्ता सहयोगहरुलाई निरन्तरता दिइने जानकारी गराउनुभयो । सोही अवसरमा बिद्यालयले कुस्मा नगरपालिका –१४ मा निर्वाचित जनप्रतिनिधीलाई बधाई र सम्मान गरेको थियो ।

सम्बन्धित समाचार ( प्रवास)